जनकपुर, जेठ ११,
लगभग तीन सातादेखि भइरहेको लगातार बन्द र हडतालका कारण जनकपुर भन्सार कार्यालयलाई झन्डै दैनिक रु ३ लाख राजस्व नोक्सान भइरहेको छ । सीमावर्ती भारतको जयनगरबाट व्यापारीले रेलमार्ग हुँदै सामान ल्याउने गरेको तर जनकपुरमा भएको बमकाण्डपछि लगातारको बन्द, हडतालका कारण रेलसेवा बन्द भएपछि सामान आउन नसक्दा भन्सार राजस्व प्रभावित भएको छ ।
बन्द, हडताललकै कारण भन्सार कार्यालयलाई हालसम्म करिब रु ७० लाख घाटा भइसकेको र यही अवस्था रहिरह्यो भने वार्षिक लक्ष्य समेत प्रभावित हुने प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । वार्षिक लक्ष्य रु पौने नौ करोड रहेको भन्सार कार्यालय बारम्बार बन्द, हडतालको चपेटामा पर्दै आइरहेको छ ।
यता सामान भारतबाट आउन बन्द भएपछि स्थानीय केही व्यापारीले तस्कर मार्फत भारतीय सामान ल्याउने गरेको र बन्दको बहानामा कृत्रिम मूल्य सिर्जना गरी बढी मूल्यमा सामान बिक्री गर्ने गरेकाले कालोबजारी बढ्न गएको उपभोक्ता बताउँछन् ।

0 comments:
Post a Comment