काठमाडौँ, जेठ ११,
संविधानको मौलिक हकअन्तर्गत मारवाडी समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित मारवाडी समुदायका ११ सभासद्ले सभामुख सुवास नेम्बाङ र संवैधानिक समितिका सभापति निलाम्बर आचार्यका ध्यानाकर्षण गराएका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुखलाई भेटी उहाँहरुले मारवाडी समुदायको पहिचानका लागि अल्पसङ्ख्यकमा समावेश गर्नुपर्ने र राज्यका सबै तह, अंग र निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँहरुले बुझाउनुभएको ज्ञापनपत्रमा एक प्रतिशतभन्दा कम जनसङ्ख्या रहेको मारवाडी समुदायलाई विषेशाधिकार र आरक्षण दिइनुपर्ने उल्लिखित छ । ज्ञापनपत्र ग्रहण गर्दै सभामुख नेम्बाङले अब बन्ने संविधानमा नेपालका हरेक जातजाति, समुदाय र वर्गको अधिकार सुनिश्चित हुने उल्लेख गर्दै माडवारी समुदायको मागबारे सम्बन्धित निकायमा अवगत गराउने बताउनुभयो ।
समितिका सभापति आचार्यले सबैको अधिकार सुनिश्चित गर्न संविधानमा विशेष व्यवस्था गरिने बताउनुभयो । ज्ञापनपत्र बुझाउने सभासद्हरुमा विमल केडिया, राजेन्द्र खेतान, विनोद चौधरी, मोतिलाल दुगड, दिवाकर गोल्छा, सिद्धार्थ सोमानी, डा विश्वनाथ अग्रवाल, मधुसूदन अग्रवाल, श्रवणकुमार अग्रवाल, हेमराज तातेड, ओमप्रकाश शर्मा हुनुहुन्थ्यो ।

0 comments:
Post a Comment