Thursday, May 24, 2012

विश्वका हट सुन्दरीहरुमा 'बार राफाइली' पहिलो स्थान हासिल गर्न सफल I

मेन्स म्यागेजिन म्याक्जिमको वर्ष २०१२ हट १०० सुन्दरीहरुको सूचीमा हलिउडकी अभिनेत्री र गायिकाहरुलाई पछि पार्दै इजरायली सुपरमोडल बार राफाइलीले पहिलो स्थान हासिल गर्न सफल भएकी छिन् ।

गत वर्ष २६ बर्षीय सुन्दरी राफाइली सो सूचीमा १९ औ स्थानमा रहेकी थिइन् । सो उपाधी जिते पछि राफाइलीले हरेक साल एक अलग महिला चुनिने यसमा सूचीमा आफू सहभागी हुनु र प्रथम स्थान हासिल गर्नाले आफू निकै खुशी र सम्मानित महशुस गरिरहेको ट्विटर मार्फत बताएकी छिन् । साथै राफाइलीले उनको लागि भोट गर्ने म्यागेजिनका पाठकहरुलाई पनि धन्यवाद दिएकी छिन् ।

यो हट सूची छनौटको लागि पहिलो पटक म्यागेजिनले पाठकहरुले भोट दिन पाउने व्यवस्था गरेको थियो । यो सूचीको दोश्रो स्थानमा अभिनेत्री ओलिभिया मुन्न, तेस्रो स्थानमा हलिउड अभिनेत्री मिला कुनिस, चौथो स्थानमा गायिका केटी पेरी र पाँचौ स्थानमा ओलिभिया विल्डे पर्न सफल भएका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment