जेठ ९, मुम्बई,
भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोकिंदा कम्तीमा १५ जनाको ज्यान गएको छ । झण्डै ४० जना घाईते भएका छन् । हुबलीबाट बेंगलोरका लागि छुटेको यात्रुबाहक रेल अनन्तपुरमा रोकिराखेको मालवाहक रेलसंग ठोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेल अधिकारीले गलत संकेतका कारण दुर्घटना भएको बताएका छन् । जुन लिकमा मालबाहक गाडी रोकिएको थियो, यात्रुबाहक रेललाई पनि सोही लिक प्रयोगको अनुमति दिईएकाले दुर्घटना भएको उनीहरुको भनाई छ ।
सरकारले ज्यान गुमाउनेका परिवारलाई पाँच/पाँच लाख रुपैंया, गम्भीर घाईतेलाई १ लाख र सामान्य घाईतेलाई ५० हजार रुपैंया राहत दिने घोषणा गरेको छ ।

0 comments:
Post a Comment