Thursday, May 24, 2012

नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाका एक कर्मचारी निलम्बित I

विराटनगर, जेठ ११,

विद्युत् राजस्व अनियमितता गर्ने नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाका एक कर्मचारीलाई निलम्बन गरिएको छ । विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँले विराटनगरस्थित विद्युत् वितरण केन्द्रका इलेक्ट्रिसियन मनोजकुमार मण्डललाई निलम्बन गरेको हो ।

मोरङको दुई उद्योगबाट गैरकानुनीरुपमा मासिक रकम लिई प्राधिकरणको मिटर जाँच र राजस्व सङ्कलनमा अनियमितता गरेको प्रमाणसहित फेला पारिएपछि मण्डललाई निलम्बन गरिएको वितरण केन्द्रका प्रमुख सतिशकुमार कर्णले राससलाई जानकारी दिनुभयो ।

केन्द्रले एक फ्याक्स पठाई निज मण्डललाई निलम्बन गरेको र जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । घटना विवरणअनुसार मण्डलले मोरङको मझारे गाविसस्थित साह लघु उद्योग र प्रमोद राइस मिलको विद्युत् मिटर हेरफेर गरी विद्युत् राजस्व चुहावट र चोरीमा सहयोग गरेकामा विद्युत् वितरण केन्द्रले कार्वाहीका लागि केन्द्रीय कार्यालयमा लेखी पठाएको थियो ।

ती दुवै उद्योगमा एकहप्ता अगाडि छड्के अनुगमन गरिंदा क्षेत्रीय विद्युत् प्राधिकरणको मिटर जडान गरेर बिजुली चोरी गरिरहेको भेटिएको थियो । बिजुली चोरी गरी मण्डलले ती दुवै उद्योगबाट मासिक रु चार÷चार हजार रकम लिने गरेको ती उद्योगहरुले बताएका छन् ।

तरण केन्द्रले ती दुवै उद्योगलाई रु एक लाख ८५ हजार जरिवाना गरेको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment