काठमाडाँ, जेठ १२,
देशलाई जातीय र क्षेत्रीय द्वन्द्वमा फसाउने कार्यको नेतृत्व राजनीतिक दलबाट हुनाले नेपाली जनतामा निराशा छाएको विचार वक्ताले गरेका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बिहीबार यहाँ आयोजना गरेको विचार गोष्ठीमा सङ्घीयविज्ञ श्रीकृष्णअनिरुद्ध गौतमले नेपाल बौद्ध, आर्य तथा किरात संस्कृतिको सङ्गमथलो रहेको र सबै जातजाति यिनै संस्कृतिभित्र अटाएको विचार व्यक्त गर्दै कुनै पनि राज्यमा बहुसङ्ख्यक एकै जाति नहुने भएकाले जातीय पहिचानको प्रदेश दिनु द्वन्द्व निम्त्याउनु हो भन्नुभयो ।
द्वन्द्व व्यवस्थापक डा चूडाबहादुर श्रेष्ठले विश्वका धेरै सङ्घीय प्रणाली अपनाइएका मुलुकमा जातीय पहिचानको राज्य दिँदा द्वन्द्व भएको छ भन्दै विश्वका पुराना मुलुकमा १७ औँ स्थान रहेको नेपालमा हालसम्म बहुजाति, बहुभाषी नेपाली मिलेर बसेकाले जातीयताका आधारमा प्रदेशको घोषणा भएमा अल्पसङ्ख्यकले अलग प्रदेश माग गर्ने वा विस्थापित भई अन्य प्रदेशमा शरण लिन जानुपर्ने अवस्था आउने विचार व्यक्त गर्नुभयो ।
झन्डै ११८ जातजाति बसोवास गरेको नेपालमा कुनै एक जातिको बाहुल्य नभएको तथा जातीय सङ्घीयताले जातजातिबीचको भाइचारा, सद्भाव, सहिष्णुता खल्बल्याई देश कमजोर हुने भएकाले नयाँ बन्ने संविधानमा जातीयताका आधारमा प्रदेश कायम नगर्न राजनीतिक दलका नेतालाई आग्रह गर्नुभयो ।

0 comments:
Post a Comment