सिलवालले ६ प्रकारका भाडादरमा यात्रुका ३ किसिममा भाडाको पैसा फिर्ता नगरी यात्रु र राज्यलाई बुद्ध एयरले ठगी गरेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै ७ देखि ८ प्रतिशत सस्तो ई, सि र डि क्लासका टिकट बनाउने यात्रुहरुले विभिन्न कारण बस यात्रा गर्न असमर्थ रहे भने क्यान्सीलेसनबाट बञ्चितत गर्दै उपभोग नै नगरीएको सेवाको सबै पैसा फिर्ता नगरी सिदै ठगी गरेको आरोप सिलवालले लगाएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने– 'बुद्ध एयर प्रा. लि. ले दैनिक ४५०० सय देखि ५००० यात्रुलाई सेवा प्रदान गर्दै आएको छ, यसमा आधा टिकट सस्तो भाडामा जारी भएको अवस्था रहँदा यात्रुसंख्या २५०० हुने, जसमा कम्तिमा ७ प्रतिशतले मात्र उडान नभर्ने हो भने यो संख्या १७५ हुन आउँछ।
बुद्ध एयरले ६६१५ रुपैया सम्ममा जारी गरेको टिकेटको यात्रुले एयरपोर्ट चार्ज फिर्ता नमाग्दाको अवस्थामा एयर पोर्ट चार्जसहित सबै रकम खाने गरेको छ।'
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०७१ १६:३७:५९
साभार सेतोपाटी डटकम








0 comments:
Post a Comment