Thursday, June 12, 2014

डेजी शाहसँग सलमानको मोज

बलिउडका अविवाहित नायक सलमान खान कुनै न कुनै युवतीसँग जोडिएका नै हुन्छन् ।

यतिबेला उनको नाम चलचित्र ‘जय हो’बाट बलिउडमा डेब्यू गरेकी नायिका डेजी शाहसँग जोडिएको छ । सलमान र डेजीको निकटता सिनेमा छायांकनदेखि नै बढेको हो ।

यसैक्रममा यतिबेला डेजी सलमानको नयाँ चलचित्र ‘किक’को छायांकन स्थलमा समेत पुग्ने गरेको बताइन्छ । आफूले अभिनय नै नगरेको सिनेमाको छायांकनमा पुग्न थालेपछि डेजी को चर्चा सलमानसँग जोडिएर झनै बढेको हो ।

यतिमात्र होइन डेजीले सलमानको घरमा थुप्रै सयम समेत बिताउने गरेकी छिन् । सलमानको घरमा डेजीको आउने जाने क्रम बढेको बताइन्छ । सलमानले नै डेजीलाई बलिउडमा प्रवेश गराएका हुन् । के अब उनको नाम डेजीसँग जोडिन थालेकै हो त ?

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment