Thursday, June 5, 2014

खस्यो सुस्मिताको छत

बलिउड नायिका सुस्मिता सेन एक गम्भिर दुर्घटनाबाट जोगिएकी छिन् ।

उनको जुहुस्थित घरको एक कोठाको छत एकाएक खसेको छ । छत खसेपछि सुस्मिता र उनको परिवार आतंकित भएको छ ।

सुस्मिताले यो घटनाको पुष्टी गरेकी छिन् । एक बिहानै छत खस्दा सुस्मिता र उनको परिवार अर्को कोठामा थिए । यसैले पनि उनीहरु गम्भिर दुर्घटनाबाट जोगिएका हुन् ।
उनले एकाएक घरको छत खस्नुलाई आश्चर्यको कुरा भनेकी छिन् । घर पुर्ण रुपमा सुरक्षित रहेतापनि छत कसरी खस्यो भन्नेे बिषयमा आफू दोधारमा रहेको सुस्मिताको भनाई छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment