Thursday, June 5, 2014

२४ वर्षमै अर्बपति

जी पेइलीको नामले चिनिने पेरेना केइ होइ तिङ विश्वकी सबैभन्दा कान्छी अर्बपति महिला हुन् ।
हंगकंगकी २४ वर्षकी अर्बपति पेरेना फेसबुककी सहसस्थापक डस्टिन मोस्कोवित्जलाई पछि पार्दै आफुलाई विश्वकी सबैभन्दा कान्छी अर्बपति महिलाको सूचिमा उभ्याउन सफल भएकी हुन् । तर उनी अर्बपति घोषित हुनुअघि मात्र होइन घोषणा भईसकेपछि पनि गुपचुप नै छिन् ।


रियल स्टेट क्विनको नामले चिनिने पेरेना अर्बपती घोषित भएसँगै हंगकंगको रियलस्टेट बजारमा एउटा तहल्का नै मच्चियो । मिडियाहरु उनको समाचार छाप्न कस्सिए । तर उनका तस्वीर पाउन भने धेरैलाई मुस्किल पर्यो । मिडियाहरुले चिनिया सामाजिक संजालहरुमा धुइँपात्ताल पेरेनाका तस्वीर सर्च गरे ।
कतिपय उनको नाम र अनुहार मिल्ने युवतीका तस्वीर र कतिपय साँच्ची उनकै तस्वीर समेत राखेर समाचार प्रकाशित भए । उनको आधिकारिक तस्वीर भने अहिलेसम्मै सार्वजनिक हुन सकेको छैन । १ अर्ब ३० करोड डलरको सम्पतिकी मालिक्नी केइ वित्तिय व्यवस्थापनकी विद्यार्थी पनि हुन् ।
Video को लागि बक्सको बीचमाक्लिक गर्नुस।

उनले लण्डन विश्वविद्यालयबाट वित्त शास्त्रमा स्नातक गरेकी छिन् । विश्वमा सम्पत्ति सम्बन्धि सूचना संकलन गर्ने एजेन्सी वेल्थ एक्सका अनुसार उनले सन् २०११ को अगष्टमा स्नातक तहको पढाइ पूरा गरेकी हुन् । उनले सिंगापुरमा गई अर्थशास्त्रमा समेत स्नातक तहको पढाइ गरेको बताइएको छ ।
आफ्ना पिता जी हेइपेङ अध्यक्ष तथा प्रमुख कार्यकारी रहेको प्रसिद्ध रियलस्टेट कम्पनी लोगान प्रोपर्टीमा उनको ८५ प्रतिशत शेयर पनि छ । यो कम्पनीको मुख्यालय दक्षिण चिनिया सहर सेन्झेनमा रहेको छ । पेरेना विश्वकी सबैभन्दा कम उमेरकी अर्बपति मात्र होइनन् सबैभन्दा आकर्षक अर्वपछि पनि बनेकी छिन् ।

उनको गोप्यताले उनीप्रतिको जिज्ञासा अझै बढाएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुले पेरेनाको उमेर कम रहेको र उनी कच्चा बुद्धिको रहेको हुँदा उनको पिताले उनलाई सार्वजनिक जिवनबाट अलग राखेको टिप्पणी गरेका छन् । पेरेनाले काँचो बुद्धिका कारण केही नबोल्नुपर्ने कुरा प्वाक्क बोलिन् भने करोडौँ डलरको रियलस्टेट कम्पनीको व्यवसाय र प्रतिष्ठामा आँच आउन सक्नेमा उनका पिता सजग छन् । पेरेनाले कम्पनीमा आफ्ना बुवाको निर्देशन मुताविक काम गर्छिन् र उनको पद गैर कार्यकारी निर्देशक हो ।

उनले आफ्ना बुवाबाट व्यवसायको काम सिकिरहेकी छिन् । उनले सन् २०१० देखि कम्पनीमा काम गर्न थालेकी हुन् । कतिपयले भने पेरेनाका बुवाले चीन सरकारबाट कर छलि गर्नका लागि छोरीलाई कम्पनीको धेरै हिस्सा हस्तान्तरण गरेको समेत आरोप लगाउने गरेका छन् । पेरेनाका बुवा चीनका नागरिक रहेका तर पेरेनाले हंगकंगको नागरिकता लिइसकेको हुँदा हंगकंगमा संचालित व्यवसायको कर चीन सरकारलाई तिर्नबाट बच्नका लागि पेरेनाका बुवाले छोरीलाई कम्पनीको हक हस्तान्तरण गरेको बताइन्छ । धनीहरुको सहर हंगकंगमा केवल ४५ जना महिला मात्र विश्वको अर्बपतिको सूचिमा छन् । यी महिलाहरुको भीडमा २४ वर्षकी पेरेनाले गुपचुप आफुलाई अर्बपतिमा उभ्याएकी छिन् ।

उनी विश्वका अर्वपतिहरुको सूचिमा १२८४ औँ नम्बरमा रहेकी छिन् । तर पेरेना आफ्नै कमाइले अर्बपति भएकी भने होइनन्, बुवाको सम्पत्तिले हो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment