अनुसन्धानकर्ताहरूले महिलाको ब्रेन वेब्समाथि धेरै अनुसन्धान गरेका थिए । जसमा महिनावारी भएको ५ देखि ७ दिनमा सेक्स गर्दा बढी आनन्दको अनभूति हुने पत्ता लागेको थियो ।
भर्जिनिया युनिभर्सिटीका साइक्रियाट्रिक मेडिसिनका प्राध्यापक क्लेटनका अनुसार महिनावारीको अवधिपछि महिलामा सेक्स इच्छा जागृत हुनु स्वाभाविक हो । यो समयमा गर्भधारणको सम्भावना बढी पनि हुन्छ ।
अनुसन्धानकर्ताले यसका लागि १ हजार युवा तथा महिलालाई समावेश गरेका थिए,जसमा प्रत्येक महिलाले महिनावारीपछिको ५ देखि ७ दिनसम्म भरपूर सेक्सको आनन्दको चाहना हुने गरेको बताएका थिए ।
यो अवधिमा गरेजस्तो सेक्सको आनन्द अरू दिनमा नहुने उनीहरुले बताएका थिए । यद्यपि केही यौनमनोविद्ले भने सेक्सका लागि कुनै खास समय या दिन नहुने बताउने गरेका छन् । (जागरणबाट)








0 comments:
Post a Comment