Monday, June 16, 2014

६१ वर्षपछि पुस्तक फिर्ता गर्दा

सन् १९५३ मा बेलायतको लिभरपुल विश्वविद्यालयको सामाजिक विज्ञान विभागमा कार्यरत थिए रोन वेब्स्टर । अनुसन्धान सहायकको रुपमा कार्यरत रहँदा उनले विश्वविद्यालयको पुस्तकालयबाट एउटा किताब लगे पढ्नका लागि ।

प्राध्यापक ए आर र्याडक्लिफ ब्राउनद्वारा लिखित पुरातन समाजको संरचना र कार्य शीर्षकको उक्त पुस्तक उनले पुस्तकालयबाट लगे । घरमा किताब थियो, त्यसलाई पुस्तकालयमा फिर्ता गर्न उनले भुले र केही वर्षपछि उनले त्यहाँको जागिर छाडेर लण्डन आए ।

 आफुले पुस्तकालयबाट लिएको किताब फिर्ता गर्नु छ भन्ने कुराको हेक्का उनलाई बल्ल भयो, ६१ वर्षपछि । हालै आफ्ना किताब खोतल्ने क्रममा उनले उक्त किताब भेटे र झसँग भए ।

अहिले ९१ वर्षका भएका वेब्स्टरले त्यसपछि उक्त पुस्तक फिर्ता गर्ने निधो गरी आफ्ना सहयोगी मार्फत पुस्तकालयमा सम्पर्क गरे । पुस्तकालयका कर्मचारी फिल स्काइजलाई सम्पर्क गरी सन् १९५३ मा लगेको किताब फिर्ता गर्न आउने बारे बताउँदा स्काइज छक्क परे ।

बुझाउनुपर्ने मितिभन्दा ६१ वर्ष ढिला भएका कारण उनले पुस्तकालयको नियम अनुसार ४ हजार ५ सय १० पाउण्ड तिर्नुपथ्र्यो । तर ९१ वर्षका ती पूर्व कर्मचारीलाई पुस्तकालयले जरिवाना छुट गरिदियो । यद्यपि ती ९१ वर्षे वृद्धलाई पुस्तकालयले एउटा शर्तनामामा भने हस्ताक्षर गरायो ।

 त्यसमा लेखिएको थियो ‘मैले उदाहरणीय जिवन जिउनेछु, किताब समयमै फिर्ता गर्नेछु ।’

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment