माराकाना स्टेडियममा भएको खेलमा अर्जेनिटनाले सुरुमा नै उपहार गोलबाट अग्रता लिएको थियो । तेस्रो मिनेटमा नै लिओनल मेस्सीको फ्रिकिकमा बोस्नियाका डिफेण्डर कोलसिनाकले आफ्नो पोष्टमा गोल गरे । तर, बोस्निया विस्तारै खेलमा फर्कियो । पहिलो हापमा बोनियका मिरालेमले अर्जेन्टिनाको पोष्टमा केही राम्रो आक्रमण गरेका थिए, जसलाई गोलरक्षक सर्जिओ रोमेरोले बचाए ।
यस्तै मस्मेर बेगोभिक बराबरी गोलनजिक पुगेका थिए । अर्जेन्टिनाका मसेरानोको पावरफुल सट बोस्नियाका गोलरक्षकले केही अघि बढेर रोके । पहिलो हाफपछि गोन्जालो हिगुइन र फर्नान्डो गागो मैदान प्रवेश गरे र अर्जेन्टिना खेलमा फर्कियो । खेलको ६५ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । गोन्जालो हिगुइनसँगको वान टु वान पास खेल्दै मेस्सी दुई डिफेण्डरलाई छलाएर गोल गरेका थिए । यो उनको विश्वकपमा ८ वर्षमा पहिलो गोल हो ।
यसअघि २००६ को विश्वकपमा सर्विया एण्ड मोन्टेनेग्रोविरुद्ध उनले गोल गरेका थिए । २०१० को विश्वकपमा भने उनले गोल गर्न सकेका थिएनन् । ठूलो प्रतियोगितामा पहिलो पटक १० नम्बरको जर्सी लगाएका उनले ग्रिसविरुद्धको खेलबाट अर्जेन्टिनाको कप्तानी समेत सम्हाले ।
२००९ मा विश्वकप छनोटमा भेनेजुएलाविरुद्ध मेस्सीले पहिलो पटक अर्जेन्टिनाको १० नम्बरको जर्सी लगाएका थिए । खेलको ८४ औं मिनेटमा आइविसेभिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, निकै ढिला भइसकेको थियो । खेलमा थप गोल हुन सकेन र अर्जेन्टिना २–१ ले विजयी भयो । दुई पटकको विश्व च्याम्पियनविरुद्ध बोस्नियाले निकै राम्रो प्रदर्शन गरेको थियो ।








0 comments:
Post a Comment