Monday, June 16, 2014

कलेजको शौचालयमै जन्माइन् छात्राले बच्चा

एजेन्सी – चीनको युआन प्रान्तमा अवस्थित एग्रीकल्चर भोकेसनल कलेजमा एक छात्राले शौचालयमा बच्चालाई जन्म दिएर चुपचाप फेरि आफ्नो कक्षामा फर्केकी छिन् ।
यसबारेमा उनले कक्षामा कसैलाई पनि जानकारी समेत दिइनन् ।उनी कक्षामा यसरी पुगिन् कि उनलाई केही पनि भएको छैन । स्रोतका अनुसार यो घटना बिहानको लगभग ६ बजे घटेको थियो ।

यो घटना त्यतिबेला सार्वजनिक भयो जब अन्य छात्राले शौचालयमा बच्चा रोएको आवज सुने । उनीहरुले तुरुन्तै कलेजका अधिकारीहरुलाई उक्त घटनाको जानकारी दिए र बच्चालाई नजिकैको अस्पतालमा लगियो । अहिले बच्चा सुरक्षित छ र उसको हालत स्थिर छ । बच्चाको आमाको नाम भने सार्वजनिक गरिएको छैन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment