Monday, June 16, 2014

वान डे अ टाइमको शुभ मुहूर्त

वान डे अ टाइमको शुभ मुहूर्त
झापा— २ असार,फरक विषयवस्तुमा आधारित ‘वान डे अ टाइम’ चलचित्रको आइतबार झापाको दमकमा शुभ मुहूर्त गरिएको छ ।
लागुऔषध प्रयोगकर्ताको जीवनलाई कथावस्तु बनाएर निर्माण गर्न लागिएको चलचित्रको हिजो एक औपचारिक कार्यक्रमबीच छायाङ्कन सुरु गरिएको हो । आमा फिल्मस् प्रालिद्वारा निर्माण गर्न लागिएको चलचित्रको चलचित्र निर्माता सङ्घका केन्द्रीय उपाध्यक्ष उदय सुब्बाले क्यामराको स्विच अन गरेर औपचारिक रुपमा छायाङ्कन सुरु गर्नुभएको हो ।

स्थानीय कलाकारको अभिनय रहेको चलचित्रमा लागुऔषध दुव्र्यसनमा फसेका युवाहरुको जीवनलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रको निर्माता सञ्जय न्यौपानेले जानकारी दिनुभयो । चलचित्रमा लागुऔषध प्रयोगकर्तालाई हाम्रो समाजले हेर्ने दृष्टिकोण, कुलत र छुट्कारा दिन सकिने सन्देशमूलक कथा समेटिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment