Monday, June 16, 2014

सलमान खानको नयाँ किक सार्वजनिक

नायक सलमान खानले अभिनय गरेको नयाँ चलचित्र ‘किक’को ट्रेलर सार्वजनिक भएको छ ।

एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा सलमानका अलवा ज्याकलिन फर्नान्डेज, रणदिप हुड्डा लगायतका कलाकारले अभिनय गरेका छन् । साजिद नाडियडवालाले तयार पारेको सिनेमामा एक्सन भरिपूर्ण देख्न सकिन्छ ।
चलचित्रमा सलमानलाई ‘डेभिल’ पात्रको रुपमा उतारिएको छ । चलचित्रमा सलमान खानलाई मास्क लगाएर कुद्दै गरेको पनि देखाइएको छ । सिनेमाको बिषयलाई लिएर दर्शकमा उत्साह समते बढेको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएको एक दिन नवित्दै करिब १२ लाख दर्शकको हिट मिलेको छ ।

चलचित्र ईद या यसको आसपासमा प्रदर्शनमा आउँदैछ | Video हेर्न यहाँक्लिक गर्नुस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment