Monday, June 16, 2014

मनिषाको सम्मानमा रात्री भोज

भर्जिनिया । नायिका मनिषा कोइरालाको सम्मानमा ३२ औँ ए एन ए सम्मेलनमा रात्री भोजको आयोजना गरिने भएको छ ।

 नायिका कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख मा रात्री भोज आयोजना गरिने सम्मेलनका मुख्य संयोजक हेमन्त श्रेष्ठले जनाकारी दिएका छन् ।  
नायिका कोइराला आउने निश्चित भइसकेको जानकारी गराउँदै ३२ औँ ए एन ए सम्मेलनमा उनीसंग साथ साथ बसेर रात्री भोजन गर्न पाईने भएकोले इच्छुक सम्पूर्ण प्रसंशकहरुलाई यो सुवर्ण अवसर भएकोले उम्किन नदिन सबैमा आग्रह श्रेष्ठले गरेका छन् । 

जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ भने सरिक हुन् चाहना राख्नेको लागि एकलको लागि १ सय ५० डलर र जोडीका लागि २ सय डलर प्रवेश शुल्क राखिएको छ । जुलाई ६ तारिखको दिन ५ देखि ७ बजेको समय तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको लागि एक सय डलर तथा जोडीको लागि एक सय ५० डलर तोकिएको छ ।

उक्त रात्री भोज ३२ औँ ए एन ए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने छ । ३२ औ ए एन ए सम्मेलनमा दुई दिन नै मनिषा कोइरालासंग रात्री भोज राख्नु पर्ने सवालमा दुवै दिन निश्चित स्थान भएकोले आरक्षण गर्न र यो अवसर गुमाएकाहरुको लागि दोश्रो दिनको समयको साईत जुराईएको श्रेष्ठले जनाए ।

 रात्री भोजको टिकट अग्रिम रुपमा खरिद गर्नको लागि चाजो मिलाई सकिएको र यसको लागि ३२ औँ ए एन ए सम्मेलन आधिकारिक संजालबाट (anadcconvention2014.org )बाट किन्न सकिने उल्लेख गरिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment