केही समयदेखि निष्क्रिय रहेका चट्याङ आफ्नो नयाँ कृति र केही कवितासमेत लिएर शिल्पी थिएटरमा पड्किए। भुँडीपुराण प्रकाशनको आयोजना तथा सिस्नोपानी नेपालको संयोजनमा आयोजित कार्यक्रममा चट्याङ मास्टरले आफ्ना नयाँ पुराना एक दर्जनभन्दा बढी कविता सुनाएर दर्शक हँसाए।
कविताको बीचमा कलाकार मनोज गजुरेलको हास्यपरक उद्घोषण आकर्षक थियो। कार्यक्रममा उनको नयाँ कृति 'चट्याङको उट्पट्याङ' सार्वजनिक गरियो। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तक माणिकरत्न शाक्यले सम्पादन गरेका हुन्। पुस्तकमा लेख, कविता, भूमिका, तुक्कालगायतका व्यंग्यात्मक सामग्री संगृहीत छन्। कार्यक्रममा चलचित्रकर्मी तथा साहित्यकार यादव खरेलले चट्याङ मास्टरको कविता तथा पुस्तकका बारेमा समीक्षा गरेका थिए। सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले चट्याङ मास्टरका रचनामा पाइने व्यंग्यरस प्रभावकारी हुने बताए।
कार्यक्रममा धीरेन्द्र प्रेमर्षिले चट्याङ मास्टरको रचना रहेको गीत सुनाए :
यिनै थिए यिनै हुन् रहने यिनै छन्
तपाईंको यो हालत बनाउने यिनै हुन्
प्रजातन्त्र उठबस गराउने यिनै हुन्








0 comments:
Post a Comment