त्यसैले त टिममा राखिएका चिकित्सक(फिजियोथेरापिस्ट) यतिबेला निकै ब्यस्त छन। खेलाडीलाई कसरी चोटमुक्त राक्ने र खेलका लागी तयार गर्ने चिन्ताले फिजियोथेरापिस्टलाई पनि कम सास्ती दिएको छैन। तर यति नै बेला इङल्यान्डका टिम फिजियोथेरापिस्ट भने आफै घाइते भएका छन।
आइतबार बिहान इटालीविरुद्व इङल्यान्डले बराबरी गोल फर्काएपछि उत्साहित भएका फिजियो थेरापिस्ट गेरी लियोन भने चिप्लीएर घाइते भए। इटालीले गोल गरेको दुई मिनेट लगत्तै इङल्यान्ड बराबरीमा पुगेपछि खुसियाली छाउनु अस्वभाविक पनि थिएन। तर लियोनलाई भने त्यो अभिशाप झै भयो। उनी टर्फमा चिप्लीए। उपचारमा संलग्न चिकित्सकका अनुसार लियोनको 'एंकल'ले ठाँउ छाडेको छ।- एजेन्सी








0 comments:
Post a Comment