हाल प्रहरी नियन्त्रणमा रहेका बस्नेतलाई छुटाउन कांग्रेसका केन्द्रीय स्तरका नेताहरूले फोन गरी वन कर्मचारीलाई दबाब दिएको स्रोतको दाबी छ।
वन कार्यालय स्रोतका अनुसार कांग्रेस नेताहरूले घटना सामसुम पार्न कर्मचारीलाई दबाब दिएका छन्। वन कार्यालय धादिङका प्रमुख राजेन्द्रसिंह भण्डारी बिदामा भएका कारण निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समालेका कृष्णप्रसाद अधिकारी र अनुसन्धान अधिकृत तोकिएका विनोदकुमार रेग्मीलाई दबाब दिइएको छ। यो विषयमा अन्नपूर्णले जिज्ञासा रा दा दुवै कर्मचारीले केही बताउन चाहेनन्।
वन कार्यालयका कर्मचारीबीच मंगलबार दिनभर 'पत्याउनै नसकिने व्यक्तिबाट फोन आएको' सन्दर्भले चर्चा पाएको थियो। बस्नेत कांग्रेसमा देउवा पक्षधर मानिन्छन्। अघिल्लोपटक पक्राउ पर्दा खुलेर बस्नेतको बचाउमा उत्रिएका सभासद् रञ्जित कर्णले भने यसपटक उनको बचाउ नगर्ने प्रतिक्रिया दिइसकेका छन्।
गैरकानुनी क्रियाकलाप गर्नेलाई विद्यार्थी नेतामाथि कडा कारबाही हुनुपर्ने बताउँदै अध्यक्ष कर्णले आफ्नो संगठनले पनि बस्नेतविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए।
वन कार्यालयले पक्राउ परेका ६ जनाविरुद्ध थप अनुसन्धानका लागि मंगलबार १० दिन म्याद थप गरेको छ। म्याद थप गर्नुअघि विभिन्न व्यक्तिबाट घटनालाई धेरै ठूलो नबनाइदिन र तत्काल छुट्ने वातावरण बनाइदिन दबाबमूलक फोन आएको वन कार्यालयका अधिकारीले बताएका छन्।
कोकोबाट फोन आएको हो भन्ने बारेमा भने उनीहरूले केही उल्लेख गर्न चाहेनन्। 'कल्पनानै नगरेको व्यक्तिबाट समेत फोन आएको छ', एक कर्मचारीले भने। वन मन्त्रालयका अधिकारीमार्फतसमेत कांग्रेस नेताले मुद्दा कमजोर बनाउन दबाब दिएको स्रोतको दाबी छ।
बस्नतेले गोली हानेर मृग मारेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डीएसपी प्रकाश मल्लले दिए।
प्रारम्भिक बयानमा सबैजना दोषी देखिएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम मुद्दा दर्ता गरेर कारबाही अघि बढाउन १० दिनका लागि थुनामा राख्न म्याद थप गरिएको निमित्त जिल्ला वन अधिकृत अधिकारीले बताए।
बाग्लुङबाट काठमाडौं आउँदै गरेका बस्नेतसहित ६ जनालाई मारेको मृगसहित प्रहरीले सोमबार बिहान धादिङबाट पक्राउ गरेको थियो।
बस्नेत चढेको ना २ च ४०५७ नम्बरको पजेरोको पछाडि मरेको मृग लुकाइएको थियो। प्रहरीले बस्नेतको साथबाट एकथान टुटु म्याग्नम राइफल र १९ थान गोली पनि बरामद गरेको छ। बस्नेतसँगै काठमाडौंका हरिश भण्डारी, रोशन खड्का, रमन राई, धनुषाका चन्द्र गदाइली र तनहुँका मदन थापा पनि पक्राउ परेका छन्। धादिङको थाक्रे गाविस ३ आठकिलोस्थित पृथ्वी राजमार्गमा जोडिएको ठूलो सामुदायिक वनको साढे दुई किलोमिटरभित्र पसेर बस्नेत समूहले मृग मारेको जानकारी डीएसपी मल्लले दिए।
यसअघि फागुन २१ गते बस्नेतसहित लीलाबहादुर खड्का, जोन खड्का र नेविसंघका पूर्वसहमहामन्त्री सचित शर्मा नवीकरण नगरिएका हतियारसहित पक्राउ परेका परेका थिए। त्यसबेला पनि उनीहरूमाथि मृगको सिकार गरेको आरोपमा प्रहरीले छानबिन गरेको थियो। नेविसंघले आफ्ना कार्यकर्तालाई काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले बिनाकारण पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो अाजको अन्नपूर्ण अनलार्इनमा छापिएको छ ।








0 comments:
Post a Comment