सरकारी हाकिम र सुन तस्करबीचको मिलोमतोको अख्तियारले छानबिन गर्दै
काठमाडौं । अवैध सुन र चाँदीसहित पक्राउ परेका अभियुक्तलाई उन्मुक्ति दिन भन्सारका हाकिम नै तल्लिन रहेको खुलासा भएको छ । ६ किलो सुन ४ सय २० केजी चाँदीसहित जनकपुरबाट समातिएका नेपालका चर्चित सुन तथा चाँदी तस्कर बलरामप्रसाद गुप्तालाई उन्मुक्ति दिन पथलैया भन्सार प्रमुख सन्तोस कुमार श्रेष्ठ लागि परेका हुन् ।समाचार स्रोतका अनुसार श्रेष्ठले आर्थिक बार्गेनिङमा गुप्तालाई छुटाउन ज्यान फालेर लागेका छन् । काठमाडौंबाट गएको प्रहरीको विशेष अनुसन्धान टोली र धनुषा प्रहरी प्रमुख उत्तम सुबेदी नेतृत्वको संयुक्त टोलीले गुप्तालाई जनकपुरबाट पक्राउ गरि अवैध सुन चाँदी र नगद तथा चेकसहित पथलैया भन्सार कार्यालयमा बुझाएका थिए । त्यतिबेला प्रहरीले उनको साथबाट ६ किलो सुन, ४ सय २० किलो चाँदी, ७३ लाख नगद र ६० लाखबराबरको चेक बरामद गरेको थियो । अवैध सुनचादी, नगद तथा चेकसहित पक्राउ परेका उनलाई छुटाउन श्रेष्ठ लागिपरेको स्रोतको भनाई छ ।
सुन तथा चाँदीकोबारेमा पथलैया भन्सारले अनुसनन्धान गर्ने भएपनि नगद र चेकबारेको अनुसन्धान सम्पत्ती सुद्धिकरण बिभागले गर्छ । सोहि अनुरुप अनुसन्धानका लागि पथलैया भन्सारबाट ७३ लाख नगद र ६० लाख चेकको बिस्तृत जाँचबुझ गर्न गुप्तालाई भन्सारले ५० दिन अगाडी काठमाडौं पठाएको थियो । अहिले गुप्तालाई सम्पती सुद्धिकरण विभागले डिल्लीबजार कारागारमा राखी मुद्दा चलाइरहेको छ । पथलैया भन्सारले भने अवैध सुन र चाँदीलाई सुरुमा अवैध घोषणा गरी ५ करोड ४० लाख नगद जरिवाना गरेपनि पछि सो प्रकरणमा श्रेष्ठले आर्थिक बार्गेनिङमा जरिवाना तिराउन आलटाल गरेको भन्सार स्रोत बताउँछ । केस मिलाउन मोटो रकमको अफर आएपछि कामको तीब्र ढिलाई गरी अवैध सम्पत्तीलाई बैध बनाउन श्रेष्ठ लागी परेका हुन्
। सुरुमा समातिएको सुन चाँदी अवैध गराई दुई करोड ६० लाख रुपयाँबाट सुरुमा २५ प्रतिशत कमिसन बाँड्ने चक्करमा पुलिस र सन्तोषको सेटिङमिलेको थियो । तर, पछि श्रेष्ठले बिचौलियामार्फत बलराम प्रसाद गुप्ताका दुई छोरा अमित गुप्ता र सुमित गुप्तालाई पथलैलामा बोलाई चोरीको पैसा फिर्ता गराउने योजना अनुसार ५० लाखबढी मागेको स्रोत बताउँछ । यसमा सहमति भएपछि केस मिलाउने चक्करमा श्रेष्ठ लागिपरेको बताइन्छ । श्रेष्ठले अवैध तरिकाले आर्थिक मोलमोलाईमा दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको छ । यसबारे श्रेष्ठसँग बुझ्न पटक पटक पम्पर्क गरेपनि फोन उठाएनन् ।
यस्तै केस मिलाउन सम्पत्ती सुद्धिकरण बिभागका महानिर्देशक चूडामणि शर्माले पनि घुस मागेको भन्दै आगोगमा उजुरी परेको छ । सो केसामा सम्पत्ती सुद्धिकरण शर्माले घुस मागेको केहि दिन पहिले रातोापाटीमा प्रकाशित भएको थियो । अख्तियारले यसबारे अनुन्धान गरिरहेको बुझिएको छ । यता पक्राउ परेका बलराम सामान्य तस्कर नभएको विभिन्न स्रोतहरु बताउँछन् । कुनै बेला सुन तस्करी गर्नकै लागि बलरामले काठमाडौंबाट जनकपुरसम्म दुई ओटा बस प्रयोग गर्थे ।
काठमाडौंबाट गएको अपराध अनुसन्धानको विशेष टोलीले सुन र चँदीसहित संगेहात पक्राउ गरेपछि पनि उनको जनपुरस्थित सुन पसलबाट सुन र चाँदी बरामद भएको थियो । अहिले उनका दुई छोराहरु चाहिँ बाहिरै बसेर अनुसन्धान प्रभावित पार्न तल्लीन छन् ।
उनीहरुको छुट्टछुट्टै नाममा दर्ता भएका एएस इन्टरनेसनल र श्रीसाई ट्रेडर्स जनकपुरमै छन् । राजश्व स्रोतका अनुसार बलराम गुप्ता र उनका छोरा अमित र सुमितको खातामा वार्षिक ३० करोड कारोबार भएको देखिन्छ । पसल पनि उनीहरुको नाममा रहेको हुँदा आवश्यक छानबिन गरी पक्राउ गर्ने तयारी भइरहेको छ । उनीहरुले गर्ने गरेको अवैध कामले राज्यलाई वार्षिक करोडौं घाटा हुने गरेको स्रोत बताउँछ । यसरी अवैध तस्करीबाट राज्यलाई करोडौं घाटा भइरहँदा यस्ता प्रवित्तिलाई सरकारकै जिम्मेवार अधिकारीले प्रसय दिइरहेका छन् ।
साभार स्रोत रातो पाटी डटकम








0 comments:
Post a Comment