जिल्लाभरिका १४ वटा परीक्षा केन्द्रबाट ६२ वटा सामुदायिक तथा पाँच वटा निजी विद्यालयका एक हजार ९९१ नियमित परीक्षार्थीले परीक्षा दिएकामा यसपटक ५२० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
जिल्लाभरिको उत्तीर्ण प्रतिशत २६.१२ रहेको जिल्ला शिक्षा कार्यालय सङ्खुवासभाले जनाएको छ। उत्तीर्ण भएकामध्ये १४ जना विशिष्ट श्रेणी, २०५ जना प्रथम श्रेणी, २९५ जना द्वितीय श्रेणी र छ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छ।
यसैगरी, आंशिकतर्फ एक हजार ८५ जना परीक्षामा सम्मिलित भएकामा ७० जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय सङ्खुवासभा परीक्षा फाँटका प्राविधिक सहायक मनोज भट्टराईले बताए।आंशिकबाट परीक्षा दिनेमध्ये जिल्ला कारागारबाट परीक्षा दिएका शारदा उच्च माविका आङपासाङ शेर्पा प्रथम श्रेणीमा, ६३ जना द्वितीय र छ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको भट्टराईले जानकारी दिए। रासस








0 comments:
Post a Comment