फिफाले यसपटक साकिरालाई विश्वकपको आधिकारिक गीत गाउन नदिए पनि उनी आफैंले व्यक्तिगत पहलमा ब्राजिल विश्वकपबारे गीत गाएकी छन्। उनले गाएको गीत आधिकारिक गीतभन्दा पनि बढी चर्चामा छ।
चार वर्षअघि उनले गाएको विश्वकपको आधिकारिक गीत' वाका वाका' ले विश्वव्यापी चर्चा बटुलेको थियो। साकिराले रियो दे जेनेरियोस्थित माराकाना रंगशालामा हुने फाइनलअघि गीत गाउने छिन्।
यी पप गायिका लामो समयदेखि फुटबलसँग जोडिदै आएकी छिन्।
अघिल्ला दुई विश्वकपको समापन समारोहमा पनि उनले गीत गाएकी थिइन्। बार्सिलोनाका स्पेनिस रक्षक जेरार्ड पिक्वे साकिराका प्रेमी हुन्। यी दुईका एक छोरा पनि छन्। -एजेन्सी








0 comments:
Post a Comment