Thursday, July 3, 2014

१०० तन्नेरीसँग डेटिङ गएर फिल्म बनाउने युवतीको अभियान

मान्छेका चाहना पनि कस्ता कस्ता ? कोही महिलालाई पतिव्रता धर्म सबैभन्दा ठूलो लाग्छ । तर कोहीलाई भने बढि भन्दा बढि पुरुषससँग रतिक्रिडा गर्ने रहर । कोही त अझ कस्ता भने, कम्मरै कसेर बढि भन्दा बढि पुरुषसँग प्रेम र यौनको आनन्द लिने अभियानमै हुँदारहेछन् ।

अमेरिकाको सन फ्रान्सिस्कोकी बासिन्दा २५ वर्षकी इलिस मोरेनो पनि यस्तै अभियानमा छन् । यो गि्रष्म यामभरमा १ सय जना पुरुषसँग डेटिङ जाने र डकुमेन्ट्री बनाउने योजनामा उनी जुटिसकेकी छिन् ।

उनले डेटिङ साइट ओके कपिडबाट युवकहरुसँग सम्पर्क राखि डेटिङको चाँजोपाँचो मिलाउँछिन् । अनि डेटिङ गएका पुरुषहरुको सूचि थप्दै जान्छिन् ।

अनि सबैको नालीबेली आफ्नो वेबसाइटमा राख्ने गरेकी छिन् ।आफ्नो वयस्क जिवनको अधिकांस समय आफु केवल एकजना पुरुषसँग मात्र सम्बन्धमा रहन नसक्ने अनुभुति आफुलाई भएको भन्दै उनी भन्छिन्, ‘कोहीसँगको डेटिङ एक दिनका लागि मात्र होस् र रातमा गएर टुंगियोस् । यसबाट धेरै अनुभव त लिन पाइन्छ तर साँच्चीकै मीठो हुन्छ । मान्छे फेरिफेरि डेटिङमा जानु निकै रमाइलो हुन्छ ।’

उनले अहिलेसम्म धेरै युवकसँग रोमानस गरिसकेकी छिन् तर आफ्नो १६ औँ नम्बरको डेटिङ मात्र उनलाई सबैभन्दा मज्जाको लागेको छ । रकेट वैज्ञानिक रहेको त्यो केटोले आफु रोमान्टिक छु भन्ने देखाउन उनलाई अचम्मको ठाउँमा लग्यो ।

उनले आफु डेटिङमा गएका मध्ये धेरै केटाहरुले छिटै यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको बताइन् । कतिपयसँग त उनी दुइपटक पनि डेटिङमा गइन् तर उनले कोहीसँग पनि गहिरो सम्बन्ध भने राखेकी छैनिन् । तर डेटिङ साइटमा केटाहरुसँग प्रस्ताव राख्न उनी हिच्किचाउँदैनिन् र आफ्नो पूर्व योजना पूरा गर्न केटाहरुलाई तुरुन्तै डेटिङको प्रस्ताव राखिहाल्छिन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment