किनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा भाग लिने व्यक्तिहरूमध्ये ३३ प्रतिशतले राष्ट्रपति ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन्।
२८ प्रतिशतले उनी पूर्वका रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसलाई यस्तो अवस्थामा हेरेका छन्। सर्वेक्षणमा भाग लिने ३५ प्रतिशतले सन् १९८१ देखि १९८९ सम्म शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्ड रेगनलाई सन् १९४५ पछिको सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन्। १८ प्रतिशतले यस्तो अवस्थामा बिल क्लिन्टनलाई छनोट गरेका छन्। १५ प्रतिशतले भने जोन एफ केनेडी सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन्।
किनिपियाकको सर्वेक्षणका सहायक निर्देशक टिम मालोयले ६९ वर्षको अमेरिकी इतिहासमा १२ जना राष्ट्रपति भएको र राष्ट्रपति बाराक ओबामा तथा राष्ट्रपति जर्ज डब्लू बुस सबैभन्दा नराम्रो राष्ट्रपतिको रूपमा देखा परेको बताए।
सर्वशक्तिमान राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा दोस्रो विश्वयुद्धपछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा परेका छन्। ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति हुन पुगेका छन्।
सर्वेक्षणमा भाग लिने ४५ प्रतिशतले सन् २०१२ को निर्वाचनमा मिट रोमनीले विजय हासिल गरेको भए अमेरिका राम्रो हुन्थ्यो भन्ने धारणा व्यक्त गरे पनि ३८ प्रशितले उनले जितेको भए अझै नराम्रो हुन्थ्यो भन्ने बताए। यसअघि ग्यालपले प्रकाशन गरेको हालै गरेको सर्वेक्षणमा राष्ट्रपति ओबामाप्रति अमेरिकी जनताको समर्थन खस्कँदो रहेको देखाएको थियो। सर्वेक्षणमा भाग लिने ४७ प्रतिशतले राष्ट्रपति ओबामाप्रति आफ्नो समर्थन रहेको बताएका छन् भने ५२ प्रतिशतले उनीप्रति आफ्नो धारणा नकारात्मक रहेको जनाएका छन्। सर्वेक्षण जुन ५ देखि ८ सम्म गरिएको थियो। यसअघिको सर्वेक्षणभन्दा उनीप्रति समर्थन पाँच प्रतिशतभन्दा बढीले घटेको देखिएको छ।
अमेरिकी जनताले उनको कार्यकालमा उनीप्रति व्यक्तिगत धारणामा सकारात्मक राखेको देखिएको छ। अर्कोतिर उनको कामप्रतिको समर्थन औसत देखिएको र त्यो ४८ प्रतिशतभन्दा माथि नगएको ग्यालपले उल्लेख गरेको छ।
ओबामाप्रतिको समर्थन उनीप्रतिको नकारात्मक धारणाभन्दा तीनपटक मात्र कम देखिएको छ। यस्तो सन् २०१० को अक्टोबरमा एकपटक तथा २०१३ मा दुईपटक देखिएको थियो। सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाको ६ वटा व्यक्तिगत चरित्रका विषयमा सोधिएको थियो। यी चरित्रमा ओबामाप्रतिको समर्थन गत वर्षको भन्दा घटेको देखिएको छ। -एएफपी








0 comments:
Post a Comment