Monday, June 30, 2014

गायक रामकुष्ण ढकाल र लालीगुराँस सहकारी बीच चर्काचर्की

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनको घर लिलामीको घोषणा गर्ने लालीगुराँस सहकारी संस्थाबीच फेरि दोहोरी चल्न थालेको छ ।

सहकारीले आफूलाई अनावश्यक टर्चर दिन र बदनाम गराउँने नियतले पटक पटक पत्रिकामा नाम निकाल्ने गरेको आरोप ढकालको छ । एक साप्ताहिक पत्रिकासँग ढकालले भनेका छन्–यो विवाद हुने विषय नै होइन । सहकारीले मलाई घर किन्नका लागि १ करोड ८० लाख क्रृण दिएको थियो । तर मैले त्यो घर मात्र होइन थप ४८ लाख पनि सहकारीलाई बुझाइसकें ।

यति गरेपछि मेरो के गल्ती छ र रु तर पनि बदनाम गर्ने नियतले पत्रिकामा सूचना निकालिएको छ । तर उता सहकारीको भने अर्कै तर्क छ । ढकाललाई बदनाम गराउँने सहकारीको कुनै नियत नरहेको उसको भनाइ छ । उल्टै ढकाललाई सहयोग गर्ने पक्षमा आफूहरु रहेको सहकारीको दाबी छ । त्यसैले ढकाल सम्पर्कमा आएक हदैसम्मको छुट दिने योजनामा सहकारी रहेको छ ।

ढकालले सहयोग गरेमा चक्रिय क्रृण मिनाहा गर्न सकिने सहकारीका निर्देशक सुरेन्द्र भण्डारीले बताए । तर ढकाल आफैं विगत डेढ वर्षदेखि सम्पर्कविहीन भैरहेकोले सहकारी सूचना निकाल्न बाध्य भएको उनको भनाइ छ । गाँठी कुरा जे जस्तो भए पनि यो विवाद तत्कालका लागि साम्य हुने छाँटकाँट भने देखिन्न । किनभने सहकारी कुनै पनि नछोड्ने मुडमा रहेको छ भने ढकालको क्रृण नतिर्ने अडान पनि उत्तिकै अडिक छ ।

चरम यौन उत्तेजनाको कडी

यौनलाई अनुभूतिको हिस्सा त्यसै भनिएको होइन । कारणः यो विषय मान्छेको संवेग र संवेदनास“ग जोडिएको हुन्छ । त्यसैले पनि यौन उत्तेजना सबैभन्दा पहिला मान्छेको मस्तिष्कले अनुभव गर्छ ।

यस्तो अनुभवपछि सवै नशामा रगत छिटोछिटो बढ्छ । यही कारणले उत्तेजित अवस्थामा अनुहार पनि रातो देखिन्छ ।

महिलामा नाक, कान, आँखा, स्तन र योनीको भित्ता फुल्न थाल्छ । मुटुको धड्कन बढ्छ । योनिद्वारको बारथोलिन ग्रन्थीबाट तरल पदार्थ निस्कन शुरु गर्छ ।

चिकित्सकका अनुसार, लिंग योनीको भित्री भागमा नपुग्दासम्म महिलामलाई चरम आनन्द महसुस हुँदैन । यौन उत्तेजनाको समयमा महिलाको योनीको भित्री भाग र मलद्वार आसपासको मांशपेशी फुल्ने र सुक्ने गर्न थाल्छ ।

सम्भोगमा हरेक महिलालाई एकै प्रकारले चरम आनन्द मिल्छ भन्ने हुँदैन । हरेक महिलाको अंगले फरकफरक प्रकारको अनुभव लिन सक्छ । केही महिलामा सम्भोगको वेला एकपटक गर्भाशयको ढोका खुलेको र बन्द भएको अनुभव हुन सक्छ । यस्तो अवस्थामा महिलाको मुखवाट आवाज पनि आउन सक्छ । केही महिलामा सम्भोगको समयमा योनी, मलद्वार र नाइटोदेखि खुट्टासम्म तरंग आएको अनुभव हुन्छ । त्यसले पनि महिलामा चरम आनन्द प्राप्त हुन्छ ।

कतिपय महिलालाई सम्भोगका वेला योनीभित्र बेलुन फुटेको जस्तो अनुभव हुन्छ । यो योनीभित्र तीव्र हलचलको संकेत हो । यसले महिलालाई चरम आनन्द मिल्छ । चिकित्सक हरिनारायण गुप्ताका अनुसार, पुरुषलाई वीर्यपतन र महिलालाई घर्षणको समयमा चरम आनन्द प्राप्त हुन्छ ।

खुला मन र शान्त मुद्रामा सम्भोग गरे जो कोहीलाई पनि चरम आनन्द प्राप्त हुनसक्छ । लिंगको मोटाई वा लम्बाईले यौन आनन्दमा प्रभाव पार्दैन । यौन कार्यमा महिला र पुरुषको निर्लिप्तताले नै संभोगमा आउने आनन्दको मानक तय गर्छ ।

धेरै मान्छेले सम्भोगको समय सीमाबारे पनि चिन्ता व्यक्त गरेको सुनिन्छ । तर समय र सम्भोगको आनन्दको खास तादात्म्य हुँदैन  ।

छोटो समयमा वीर्य स्खलन हुनुलाई आनन्द प्राप्त नभएको भन्न मिल्दैन । सम्भोगकालागि २ देखि ५ मिनेटको समय नै काफी हुन्छ । समय लम्ब्याउनकैलागि केही मानिसले मदिरा सेवन गरेर यौन सम्पर्क गरे पनि स्वास्थ्य र यौनजीवनका हिसावले यो काम राम्रो मानिदैन ।
- स्वास्थ्य खबरपत्रिका

के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ ?

वीर्य स्खलनपछि शरीर कमजोर हुँदैंन । वीर्यमा प्रोटिन हुने कुरा सही हो, तर, यो अति नगण्य मात्रामा हुन्छ ।

तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ । एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ ।

एकैदिनमा १ लाख लिटर दही खपत

१६ असार, काठमाडौँ । असार १५ अर्थात दही चिउरा खाने दिन । गाँउदेखि सहरसम्म नेपालीहरुले खेत रोपाइँसँगै दही चिउरा खाएर यो दिनलाई पर्वको रुपमा मनाएका छन् । यो चाडको अवसरमा उपत्यकामा मात्र एकै दिन करिव १ लाख लिटर दही खपत भएको छ , जुन अन्य दिनको तुलनामा ४ गुणा बढी हो ।
विगतमा गाउँघरमा मात्र सीमित दही चिउरा खाने संस्कार सहर पसेकाले आफुसँग बोकेर ल्याएकाले पनि त्यो दिन दही खपत बढेको हो । आजको कारोबार दैनिकले समाचार छापेको छ ।
उपत्यकामा सबैभन्दा बढी सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको दही खपत भएको छ । सामान्य अवस्थामा ८ देखि १० हजार लिटर दूध विक्री गर्दै आएको संस्थानले आइतबारमात्र ४० हजार लिटर विक्री गरेको छ भने अन्य करिव ६० हजार लिटर दही निजी क्षेत्रका ठूला तथा साना डेरीले विक्री गरेको अनुमान गरिएको छ ।

असार १५ मा मागअनुसार आपूर्ति नै गर्न नसकेको डीडीसीका बजार व्यवस्थापन तथा मूल्यांकन विभागका बजार विकास अधिकृत सञ्जीव झाले बताए । डेरी उद्योग संघका अध्यक्ष प्रतिप महर्जन असार १५ मा ५ देखि ६ गुणसम्म माग आउने बताउँछन् ।

माछा–मासु कति र कस्तो खाने ?

पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ ।

झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।

रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ ।

वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ ।

कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो । यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।


सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ ।

यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् । चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ । पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने, हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रसस्त हुन्छ । खासगरी, यसमा भिटामिन बी–१, बी–३, बी–६ र भिटामिन ‘डी’ प्रसस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।
माछा र ओमेगा–३ फ्याटी एसिड
केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैँ बार्नु पर्छ भन्ने हुँदैन । यस्तै, माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ ।

ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।
- जया प्रधान, पोषणविद् स्वास्थ्य खबरबाट

आगामी आर्थिक वर्षको बजेट कस्तो अाउँदैछ

१६ असार काठमाडौं । सरकारले आर्थिक वर्ष २०७१/०७२ का लागि बजेटको अन्तिम तयारी गरिरहेको छ । पूर्वाधार विकास, कृषि, जलस्रोत र पर्यटनलाई विषेश प्राथमिकतामा राखेर सरकारले ६ खर्ब रुपैयाँको बजेट निर्माण गरिरहेको छ ।

 अर्थमन्त्री डा. रामशरण महतले असार असार मसान्त अगावैे संसदमा पेस गर्ने बताइएको छ । असार मसान्तमा अर्थमन्त्रीले बजेट भाषण गरेपछि साउन एक गतेदेखि बजेटको कार्यान्वयन हुन्छ । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित राष्ट्रको सूचीबाट किसित राष्ट्रको सूचीमा स्तरोन्नति गर्ने बजेटको लक्ष्य रहेको अर्थमन्त्री डा. रामशरण महतले बताउँदै आएका छन् । त्यसका लागि लगानी र रोजगारी दुबै वृद्धि गर्नुपर्नेमा सरकारको जोड छ । लगानीकर्ताहरुले लगानीमैत्री वातावरण नभएको भन्ने बताइरहेका बेला सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिवद्ध भएको महतले बताउँदै आएका छन् ।
बजेट निर्माणका लागि सबै मन्त्रालयहरुले पठाएका कार्यक्रमहरु माथि छलफल भइसकेको छ । मन्त्रालयले पठाएका कार्यक्रमका बारेमा आवश्यक छलफल पछि एक किसिमको निष्कर्श निकालीसकिएको छ । अन्तिम समयमा केही परिवर्तन भएपनि मोटामोटीरुपमा बजेटमा के कस्ता कार्यक्रम आउँदैछन् भनन्ने टुंगो लागिसकेको छ । केही मन्त्रालयका बजेट र योजना अायोगबाट स्वीकृत कार्यक्रमहरू निम्न अनुसार छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
 · काठमाडौं मेट्रो रेल लगानी बोर्डबाट अघि बढाउने भएकोले बजेट नदिने, तर पूर्वपश्चिम रेल मार्गको लागि विस्तृत अध्ययनको लागि बजेट निरन्तरता दिने ।
· यातायात ब्यवस्था तर्फका क्रियाकलापलाई पूर्ण यान्त्रिक र स्वचालित बनाउने ।
· सार्क सम्मेलनलाई मध्यनजर राखेर सडक मर्मत, सुधार र विस्तार तथा हरियाली बनाउन १ अर्ब ५० करोड दिने ।
 · सामरिक सडक पुर्नस्थापनाको लागि नयाँ बजेट उपशीर्षक दिने ।
· पूर्वाधार विकास कोषको अबधारणा ल्याउने ।
· कान्ति राजपथलाई पहिलो प्राथमिकता पिवान मा राखी स्तरोन्नति गर्ने ।
 · पर्यटन सडक निर्माण र पर्यटन पूर्वाधार विकास कार्यक्रमको बिचमा सामाञ्जस्यता कायम गर्ने ।
 · सामरिक महत्वका, राष्ट्रिय महत्व भएका, जिल्ला सदरमुकाम एंव दुई जिल्ला जोड्ने बाहेकका साना सडकलाई स्थानीय निकायलाई नै सुम्पने ।
· स्रोत साधानको सीमा नाघेर बहुवर्षीय ठेक्का नगर्ने । उर्जा मन्त्रालय
· लोडसेडिङ न्यूनीकरणलाई मुख्य प्राथमिकता दिंदै आगामी बर्ष निर्माण पूरा हुने आयोजनालाई कार्यप्रगतिका आधार थप बजेट उपलब्ध गराउने । त्यसको लागि मूल्यांकन गर्न विद्युत प्राधिकरण, उर्जा मन्त्रालय, अर्थ मन्त्रालय र योजना आयोगको सँयुक्त अनुगमन संयन्त्र बनाउने । · माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई थप २ अर्ब ऋण लगानीको प्रस्ताव गर्ने ।
· नेपाल भारत प्रशारण लाईनलाई उच्च प्राथमिकता दिंदै आवश्यक बजेट दिने ।
· पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको लागि नेपाल सरकारले गर्ने काम र भारत सरकारले गर्ने काम यकिन गर्ने गरि संयुक्त डिपिआर तयार गर्न १५ करोड छुट्टयाउने ।
· बुढी गण्डकी जलविद्युत विकास समितिको लागि ५५ करोड उपलब्ध गराउने ।
· बुढीगंगा जलविद्युत आयोजनाको लागि कुवेत फण्ड र साउदी फण्डसँग सहायताको लागि पहल गर्ने ।
· नलसिंह गाड जलविद्युत विकास समितिको लागि ७ करोडको सीमा भएपनि ९० करोडको प्रस्ताव आएकोले मन्त्रालयले छलफल गरि मिलाउने ।
· जल तथा उर्जा आयोगको लागि ५ करोड दिने । सिञ्चाई मन्त्रालय
· भेरी बबई डाइभर्सन आयोजना तेश्रो वर्ष पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकोले आर्थिक वर्ष २०७१/७२ लाई प्रथम वर्ष मानेर कार्यक्रम तथा वजेट विनियोजन गर्ने ।
· बबई सिञ्चाई आयोजनालाई १ अर्ब ।
· मर्मत संभारको क्रममा रहेको सुनसरी मोरङ सिञ्चाई आयोजनाको लागि ड्रेजर मेसिन खरिदको लागि बजेट दिने ।
· रानी जमरा कुलरिया सिञ्चाई आयोजनाको लागि नेपाल सरकारको स्रोतबाट १ अर्ब र अरु वैदेशिक सहायतका आधारमा बजेट प्रस्ताव गर्ने ।
· प्रगन्ना वड्कापथ सिञ्चाई आयोजनालाई दोश्रो प्राथमिकता पि टु बाट पहिलो प्राथमिकता पि वान मा सार्ने ।
· सिक्टा आयोजनाको लागि १ सय ११ करोड दिने र थप साउदी कोषबाट सहायता लिने ।
· जनताको तटबन्धमा १ अर्ब ।
 · पिंगुआ सिञ्चाई आयोजनाको विस्तृत अध्ययन गर्ने । शहरी विकास मन्त्रालय
· खानेपानी र सरसफाईका क्षेत्रमा हुने लगानीमा एक कार्यक्रम, एक बजेट, एक प्रतिवेदनको नीति बनाउने ।
· नमुना शहर विकासको लागि ४ वटा शहरको लागत नै ७ अर्ब रहेकोले बजेट मिलाउने । · खानेपानी विभागको भवन बनाउन आवश्यक बजेट दिने ।
· एकीकृत ढल विकास नीति तर्जुमा गर्ने । · तेश्रो शहरी खानेपानी छुट्टै बजेट शीर्षक दिने ।
· खानेपानी सहलगानी कार्यक्रममा ६०स्४० को प्रावधानलाई ७०स्३० बनाउने ।
· विस्तृत शहरी पुर्वाधार नीति बनाउने ।
· सुख्खा खानेपानी आयोजनाको लागि छुट्टै वजेट शीर्षक दिने ।
· उदयमान शहरका लागि नगरविकास कोषमा छुट्टै कोष बनाउने ।
 · नगरपालिका घोषणको एक आधार फोहरमैला व्यवस्थापनलाई पनि बनाउने ।
· सिंहदरवारलाई स्वच्छ, हरावरा र सुन्दर बनाउन बजेट दिने। सूचना तथा सञ्चार मन्त्रालय
· सूचना आयोगका लागि भवन किन्ने ।
· सूचना आयोगलाई चलायमान बनाउन विकास साझेदारको सहयोग लिने ।
 · काठमाडौं उपत्यका तथा मोटरको पहुँच भएको स्थानमा अधिकृत सम्मका सबै कर्मचारीलाई मोटरसाईकलको ब्यवस्था गर्ने ।
· चालु आर्थिक बर्षमा हुलाकका हल्कारा र सवारी चालकको लागि थप दायित्व सिर्जना भएको ८ करोड आगामी बर्ष दिने ।
· रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नो रणनीतिक योजना तर्जुमा गर्ने । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय
· राष्ट्रिय सूचना प्रविधि केन्द्रमा व्याण्डवीथको क्षमता बढाउन बहुवर्षीय योजना बनाई आबश्यक रकम दिने ।
 · शहरी क्षेत्रका अस्पताल एफएममा वितरण भएको सौर्य उर्जा प्रणालीको अनुगमन गर्ने ।
· मौसम अनुगमनलाई वैज्ञानिक बनाई यसको बहुपक्षीय उपयोग गर्न सक्ने प्रणाली बनाउने । यसको लागि मौषम विभाग र नागरिक उडड्न प्राधिकरण बिच एमओयु गर्ने ।
 · हावापानी सम्बन्धि भरपर्दा तथ्याकको आधार बनाउने ।
·वैकल्पिक उर्जामा अनुदान नीतिलाई सामयिक बनाउने ।
· विद्यालयहरुमा पनि वैकल्पिक उर्जा वितरण गर्ने ।
· नाष्टले प्रतिभा पलायन रोक्नको लागि अनुसन्धान तथा प्रोत्साहनमुलक कार्यक्रम ल्याउने । - See more at:

रोमान्स गर्न उमेरको मतलब हुँदैन

बलिउडकी चर्चित अभिनेत्री बिद्या बालनले रोमान्स गर्नका लागि उमेरको हदबन्दी नहुने बताएकी छिन् । विद्याको फिल्म ‘बबी जासुस’ प्रदर्शन हुने क्रममा छ ।यो फिल्मका उनले आफ्नो उमेरभन्दा साना अली फजलसँग रोमान्स गरेकी छिन् । विद्याले भनिन् कि रोमान्स गर्नका लागि कुनै उमेर हुँदैन । उनले भनिन्, ‘मैले आफूभन्दा धेरै ठूला नसिर साहबसँग ‘इश्किया’ मा काम गरेकी छु । ’ विद्याले खानहरुसँग अहिलेसम्म काम नगरेको सम्बन्धि एक प्रश्नको जवाफमा भनिन् कि यदि मैले कुनै राम्रो स्क्रिप्ट पाउँछु भने खानहरुसँग पनि काम गर्नेछु ।
उनी भन्छिन्, ‘मैले आफ्नो करियरको योजना अहिलेसम्म बनाएकी छैन । म फिल्मको स्क्रिप्टलाई महत्व दिन्छु । मैले आफ्नो करियरको दौरान थुप्रै निर्माता–निर्देशकहरुसँग काम गरिसकेकी छु ।’ दिया मिर्जाद्वारा निर्मित र समर शेखरद्वारा निर्देशित फिल्म ‘बबी जासुस’ मा विद्या र अली फजलको मुख्य भुमिका रहेको छ ।

च्वाट्टै छिनेको हत्केला सर्लक्कै जोडियो

काठमाडौं : गोरखा मुच्चोक-५ दादुरेका २८ वर्षीय मनबहादुर सुनारको फर्निचर उद्योगमा काठ चिर्ने क्रममा गत बुधबार आराले लागेर हत्केला छिनेर भुइँमा खस्यो। हत्केला छिनेपछि उनको हातबाट रगतको धारा बग्न थाल्यो सँगै काम गरिरहेका साथीले रगत थाम्न आफ्नो गलबन्दी निकालेर तत्कालै उनको हात बाँधिदिए। भुइँमा खसेको हत्केलालाई प्लास्टिकको झोलामा हाले।

दुखाइले छटपटाइरहेका सुनारलाई मोटरसाइकलमा हालेर उनले स्थानीय मनकामना मेडिकल पुर्‍याए। त्यहाँ प्राथमिक उपचारपछि उनको हत्केलालाई आइसमा राखियो र थप उपचारका लागि गाडीमा हालेर काठमाडौं ल्याइयो।

उपचारका लागि कुन अस्पताल लैजाने भन्नेमा धेरैबेर दोधार भएपछि अन्त्यमा उनलाई धापासीस्थित ग्रान्डी अस्पताल पु:याइयो। सुनारलाई तत्कालै आईसीयूमा राखेर चिकित्सक छिनेको हात जोड्न शल्यक्रियामा जुटे। झन्डै १२ घन्टाको शल्यक्रियापछि उनको छिनेको हत्केला जोडियो।

उनका दाइ धनबहादुरले भने, 'छिनेको हत्केला जोडिन्छ भनेर कल्पना पनि गरेका थिएनौं। हत्केला उतै फाल्ने सुर पनि कसेका थियौं। तर मेडिकलका स्वास्थ्यकर्मीले सँगै लैजानुहोस् केही भइहाल्छ कि भनेकाले सँगै लिएर आएका थियौं। अहिले जोडियो, सारै खुसी लागेको छ।'

सुरक्षित रूपमा पहिले प्लास्टिकले हल्कासँग बाँधेर आइसमा राखी ६ घन्टाभित्र अस्पताल पुर्‍याउन सके काटिएका अंग जोड्न सकिन्छ।
छिनेको हात जोड्न अस्पतालका डा. जयनमान श्रेष्ठ, डा. भाष्करराज पाण्डे, डा. ज्योति रायमाझीलगायत खटिएका थिए। धनबहादुरले भने, 'छिनेको हत्केला जोडिनुलाई म त चमत्कार नै भन्छु। समयमै हामीले अस्पताल नल्याएको भए पछुताउनुपर्ने रहेछ। जे गर्‍यौं ठीक गर्‍यौं।'

सुनारले शल्यक्रिया गरिएको चार दिनपछि हातका औंला चलाउन थालेका छन् भने दुखाइ पनि महसुस गरेका छन्। हात जोडिए पनि सुनारलाई अझै केही दिन चिकित्सकको निगरानीमा उपचार आवश्यक भएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए।

शल्यक्रियामा संलग्न डा. पाण्डेले सुनारको छिनेको हत्केला आइसमा राखेर ल्याइएका कारण जोड्न सकिएको बताए। उनले उच्च प्रविधिका साथमा शल्यक्रियाका लागि तत्काल सबै क्षेत्रका डाक्टरको टोली जुटेको जानकारी पनि दिए।

शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, प्लास्टिक सर्जन, बेहोस बनाउने चिकित्सक, प्राविधिकलगायतको टोली समयमै जुट्न सकेकाले पनि शल्यक्रिया सफल हुनुको अर्को कारण रहेको पाण्डेले बताए। उनले भने, 'सबैभन्दा पहिले त हामीले हात र हत्केलाको हड्डी जोड्यौं, त्यसपछि रक्तनली, छोएको थाहा पाउने नलीलगायतलाई पनि माइक्रोस्कोपद्वारा जोड्दै गयौं, त्यसपछि सेतो हत्केला रातो हुँदै गयो।' यस्तो शल्यक्रिया नेपालका सरकारी अस्पतालमा फाट्टफुट्ट गरिए पनि निजी अस्पतालमा पहिलो भएको उक्त अस्पतालको दाबी छ।

पाण्डेले यस्ता घटना हुँदा छिनेको अंग कसरी अस्पतालसम्म पुर्‍याउने भन्ने ज्ञान सर्वसाधारणमा नहुँदा अपांग हुनुपर्ने अवस्था रहेको बताए। तर सुरक्षित रूपमा पहिले प्लास्टिकले हल्कासँग बाँधेर आइसमा राखी ६ घन्टाभित्र अस्पताल पुर्‍याउन सके काटिएका त्यस्ता अंग जोड्न सकिने उनले बताए।

माग्ने बुढा र धुर्मुस पूर्वमा भेटिएँ

तेजन खड्का, उर्लाबारी, १४ असार, कार्यक्रम सन्चालकले माग्ने बुढो र धुर्मसलाई के स्टेजमा मात्र बोलाएका थिए, यत्रतत्र छरिएका दर्शक एकै ठाउँमा भेला भइहाले ।

टेलिभिजनका पर्दामा मात्र देखेका दर्शकहरु उनीहरुको प्रस्तुतिको प्रतिक्षामा थिए । तर, स्टेजमा सक्कली होइन्, नक्कली माग्ने बुढो र धुर्मुस फेला परे ।

नक्कली धुर्मुस र माग्नेबुढो भएपनि उनीहरुको प्रस्तुति सक्कलीको भन्दा कम थिएन्, पेट मिचीमिची हँसाए । मोरङको राजघाटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्यक्रममा उनीहरु प्रस्तुत भएका हुन् ।

नक्कलीहरुको सक्कली भिडियो हेर्नुहोस्: >>Watch Video Here<<

बिमल ढुङ्गेल (नक्कली धुर्मस) र बिक्रम धिमाल (नक्कली माग्ने बुढो) ले सिताराम कट्टेल र केदार घिमिरेको हाउभाउ र बोली उतारेर दर्शकहरुलाई सरसफाई सम्बन्धी हसाउँदै जनचेतना जगाए । बिमल धिमालले खड्का जि, नेता केपी ओली लगायतका क्यारिकेचर सुनाएर थप मनोरन्जन दिलाएका थिए ।

कतिपय दर्शकहरु सक्कली नै हुन भनेर झुक्किएका पनि थिए । पछिल्लो समय बिमल र विक्रम पूर्वका कार्यक्रमहरुमा व्यस्त छन् ।

नक्कली धुर्मुस र माग्ने बुढोको रुपमा उनीहरुको जोडी अहिले चर्चामा छ । पछिल्लो समय एरिना टेलिभिजनद्वारा हरेक आइतबार राति ९ बजे प्रसारण हुने 'चलेको चलन' नामक टेलिफिल्ममा उनीहरुको अभिनय समेत हेर्न पाइन्छ ।ajakokhabar.com
यो भिडियो पनि हेर्नुहोस् :

राशीफल २०७१ साल आषाढ असार १६ गते सोमवार

आज मिति इस्वी सम्वत 2014-06-30 तारिख, २०७१ साल आषाढ शुक्लपक्ष तृतिया तिथि, असार १६ गते सोमवार अनुसार तपाईंको राशी यस प्रकार छ:

मेष (चू चे चो ला ली लु ले लो अ)
समय अनुकूल भएर आएको छ । नयाँ काम सम्पन्न हुनेछन् । तपाईंका कतिपय आफ्ना समस्याको समाधान हुनेछ । भाइचारा बढ्नेछ । पढाई लेखाइमा मन लाग्ने छ । बिवादित अभिब्यक्तिबाट भने टाढै रहनु होला ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
तपाईंलाई आँखा सम्बन्धी समस्या आउन सक्छ । रमाइलो यात्रा हुनेछ । बहुमूल्य बस्तु गुम्न सक्ने तर्फ सजग रहनु होला । आपसी कलहले उग्र रुप लिन सक्ने छ । आफ्नो कमजोरीमा टेकेर अरुले फाईदा लिन सक्ने छन् ।

मिथुन (का कि कु घ ङ छ के को हा)
सकारात्मक सोच राख्नु होस कार्य सफलताको योग रहेको छ । अरुका कुरा तिरस्कार हैन सम्मान गर्नु होस् मान बढ्ने छ । झिना मसिना कुरामा नअल्झिनु र कार्य शैली परिवर्तन गर्नु होला । आत्म सन्तुष्टिमा रमाइने छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आत्मकेन्द्रित स्वभावले तपाईंको स्थान गुम्ने खतरा छ । अरुको आश्वासनमा नहिंड्नु होला स्वयम अघि बढ्ने कोशीस गर्नु होला । सामाजिक प्रतिष्ठा बढ्नुका साथै मित्रको सहयोग मिल्ने छ । बिलासितामा अधिक खर्च होला ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक रुपमा कमजोर बनिने छ । केही बहुमुल्य बस्तु गुम्ने योग रहेको छ, सावधान रहनु होला । पैतृक सम्पत्ति सम्बन्धी झगडा आइलाग्ला । बिगतको घटनाले मर्माहत बनाउने छ । तपाईंको निर्णय गलत हुनाले मानसिक रुपमा चिन्ता हुनेछ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
समय सकारात्मक बनेर आएको छ । आत्मबल बढ्ने छ । साहसिक कार्यमा मन लाग्ने छ । मित्रहरुसँग सम्बन्ध बिग्रन सक्ने छ । अचानक यात्रामा निस्कनु पर्ने हुन सक्छ । खेलकुद आदिमा सफलता मिल्ने छ ।

तुला (र री रु रे रो ता ती तू ते)
सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ । मातृभूमिप्रति केही गर्ने सोच बन्ने छ । मित्रहरुको प्रभावमा परि गरिने निर्णयले तपाईंलाई घाटा हुनेछ । गाडी, वाहन सुख प्राप्त हुनेछ । केही सानो कुरामा अल्झिनाले बिशेष काम रोक्किने छ ।
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
वौद्धिक कार्यमा सरिक बनिने छ । तपाईंको कामको अनुशरण अरुले गर्न थाल्ने छन् । तार्किक क्षमताका कारण तपाईंको पक्षधरहरु अगाडि आउन थाल्ने छन् । रमाइलोमा खर्च हुनेछ । शुभ समाचार सुन्न पाइने छ ।

 धनु (य यो भा भी भू ध फा ढ भे)
स्वास्थ्यको क्षेत्रमा केही बाधा आउने छ । तपाईंको वौद्धिक कार्यका आलोचकहरु बढ्ने छन् । समुन्द्र पारको यात्रा गर्ने अवसर मिल्ने छ । अपरिचितसँग प्रगाढ सम्बन्ध हुनेछ । खर्चमा भने पर्हेज गर्नु पर्ला ।
मकर (जो जा जी खी खू खे खो गा गी)
बैदेसिक यात्राको योग रहेको छ । समयलाई चिन्न नसक्नु तपाईंको कमजोरी हुनेछ । बिवादित कुराबाट टाढै रहनु होला, बिवादले उग्र रुप लिन सक्ने छ । प्रेम सम्बन्ध धोकायुक्त होला । आफन्तसँगको सम्बन्ध कमजोर हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
गुप्त रोगले सताउने छ । मित्रताका आधारहरु त्यतिकै ब्यर्थ जाने छन् । सम्वृद्धिमा धक्का पुग्ने छ । बिवादहरु अझ बढ्ने छन् । टाढा रहेका आफन्तहरुसँगको सम्बन्ध बिग्रने छ । पुर्खोली धन सम्बन्धी बिवाद आउने छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
भाग्योदयको योग रहेको छ । निकै अफ्ठ्यारो स्थितिमा पनि सहजै निकास निस्कने छ । नोकरीमा पदोन्नति हुनेछ । तपाईंको कामको प्रसंशा हुनेछ । बिवादहरु मिलेर आउनेछन् । आयका स्रोत पत्ता लाग्ने छन् ।

Sunday, June 29, 2014

हस्तमैथुन गर्नै पर्ने ५ कारणहरू

हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारण छन्। तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैर हानिकारक यौन क्रियाकलाप हो।

एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन्। त्यसैले हस्तमैथुन गर्नु कुनै नराम्रो र अनैतिक होइन् । बरु हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ।

यहाँ हस्तमैथुन गर्नै पर्ने ५ कारण प्रस्तुत गरिएको छ



१.हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ। यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

२. हस्तमैथुनले चरम आनन्द दिन्छ हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

३.हस्तमैथुन सुरक्षित छ हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् ।

हस्तमैथुनका लागि पैसा पर्देन।

४.हस्तमैथुन प्राकृतिक प्रक्रिया हो हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन्

५. हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ।

हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

के सेक्स गर्दा लिंग फ्रयाक्चर हुन सक्छ ?

हो, लिंग फ्रयाक्चर हुन सक्छ । जब लिंगका तन्तुहरु चुडिन्छन्, त्यसलाई पेनाइल फ्रयाक्चर भनिन्छ । विशेषज्ञका अनुसार बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्रयाक्चर हुन सक्छ । लिंगमा अचानक चोट लाग्दा पनि यस्तो हुन्छ ।

 लिंगभित्र दुईवटा नली हुन्छन्, जो मांसपेशीको बीचमा हुन्छ । सेक्सको समयमा यो मांसपेशी कडा हुन्छ । त्यतिखेर यो मांसपेशीमा तनाव हुन्छ ।

यस्तो स्थितिमा तन्तुमा आघात पुग्यो भने चुडिन्छ र त्यसक्रममा हल्का रगत पनि निस्कन्छ ।

लिंग सुन्निन्छ र निलो हुन्छ । यस्तो अवस्थामा लिंगमा असह्य पीडा हुन्छ । लिंगलाई जबर्जस्ती बटार्दा पनि पेनाइल फ्रयाक्चर हुन्छ । सम्भोगको महिला माथि हुने आसनमा पनि पेनाइल फ्रयाक्चर हुने सम्भावना हुन्छ ।
पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो । यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ । यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ । (यो सामग्री हामीले विभिन्न इन्टरनेट स्रोतबाट लिएका हौं)

नीर शाहलार्इ हर्ट अट्याक

काठमाडौं - हृदयाघातका कारणअस्पताल भर्ना भएका कलाकार नीर शाहलाई भेन्टिलेटरमा राखिएको छ । उनलाई शनिवार बासबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

शाहको अवस्था गम्भिर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालका निर्देशक डा. मनबहादुर केसीले जानकारी दिएका छन् ।

मुटुमा थप जटिलता आउन नदिन उनलाई भेन्टिलेटरमा राखिएको डा. केसीको भनाई छ । तिनचार दिन देखि छाती दुख्ने समस्या भएपछि उनी इमरर्जेन्सिमा गंगालाल भर्ना भएका थिए । अस्पताल पुग्नेवित्तिकै उनलाई ह्दयाघात भएको थियो ।
 ह्दयाघात भएपछि उनको एन्जियोप्लाष्टि गरिएको छ । डा. अरुण मास्केको टोली उनको उपचार गरिरहेका छन् ।

शीघ्र स्खलन हुन्छ? यसो गर्नुस

 मेरो उमेर ३२ वर्ष भएको छ । म विवाहित छु । मेरो शीघ्र स्खलन हुन्छ । के कारणले यस्तो हुन्छ ? यो रोग हो ?

एकथरी पुरुषहरूमा यो समस्या सुरुदेखि नै अर्थात् किशोरावस्था देखि नै हुन्छ । अर्काथरीमा पहिले वीर्य स्खलन ठिकै समयमा हुने गरेको भए पनि पछि मात्र शीघ्र स्खलनको समस्या देखिएको हुन्छ ।
यो समस्या कुनै शारीरिक बिमारीका कारणले हुँदैन । र, कुनै रसायनको प्रयोगसँग पनि यो सम्बन्धित हुँदैन । महिलालाई चरमसुखको स्थितिसम्म पुग्न एकदमै समय लाग्ने तथ्यमा आधारित रहँदा कतिपय अवस्थामा पुरुषले शीघ्र पतनको अनुभव गरेका हुन पनि सक्छन् ।

यो कुरा पनि बिर्सनु हुन्न कि, केही महिला योनी मैथुनबाट चरमसुखको स्थितिसम्म नपुग्ने पनि हुन सक्छन् ।

वीर्य स्खलनभन्दा पहिले आउने रसलाई वीर्य निस्केको ठान्ने स्थिति पनि रहने गरेको हुनाले त्यसमा पनि विचार गर्नुपर्ने हुन्छ । कतिपयले यौन चलचित्रमा देखाइएका कुरालाई आफूसँग दाँज्ने गर्दछन् र आफ्नो वीर्य चाँडो स्खलन भएको ठान्न सक्छन् । चलचित्रमा अस्वाभाविक रूपमा घन्टौँ यौन सम्पर्कमा संलग्न भएजस्तो देखाइको हुन सक्छ ।

शीघ्र स्खलनको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले यो समस्याको मूल कारण मानसिक सोचाइ नै हो भन्न सकिन्छ । शीघ्र स्खलन हुनुले पुरुषको प्रजनन प्रणाली वा स्नायु प्रणालीमा शारीरिक रूपमा कुनै खराबी भएको अर्थ लगाउने वैज्ञानिक आधार छैन ।

कतिपय मानिसलाई यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ता नै यस्तो समस्याको कारक हुने गर्दछ । आत्तिनु पर्दैन ।

डा. राजेन्द्र भद्रा स्वास्थ्य खबर

विमास्थलमा स्तन देखाउँदै

काठमाण्डौ, १५ असार । अमेरिकाको एक महिलाले प्लेन चढ्ने बेलामा स्तन देखाउदा झन्डै प्लेन चढ्न बाट बन्चित हुन परेको छ । ति महिला लस भेगसबाट न्युयोर्कतर्फ उड्न लागेकी थिइन उनलार्इ विमानस्थलमा आफ्ना वक्षस्थल देखाएको आरोपमा हवाइजहाजमा विमानस्थलका अधिकारीहरुले जहाज चढ्न निषेध गरेका थिए ।

उनले लगाएको खुल्ला कटनको पहिरनबाट उनको स्तनको अधिकांश भाग देखिएको र यसरी स्तन देखाउनु आपत्तिजनक भएको भन्दै साउथवेष्ट एअरलाइन्सका अधिकारीहरुले उनलाई विमानबाट रोकने प्रयास गरे तर स्तन देखाउने एवाइटल नाम गरेकी ती महिलाले कर्मचारीको अवज्ञा गर्दै विमानमा चढेरै छाडिन् । ती महिला आफ्नो स्तन नै यस्तै खुल्ला भएको भन्दै कर्मचारीहरुसँग निकैबेर बाझेकी थिइन।

उनले थर्काउँदै भनेकी थिइन,‘ ‘मेरा स्तनले विमानको उडानमा के अवरोध गर्छ ? के मैले स्तन देखाउँदैमा विमान आकाशबाट खस्छ ? मलाई किन रोक्नुभएको ?’उनले उल्टो प्रश्न गरि। उनले त्यस घटनाबारेमा विमानस्थलका उच्च अधिकारीहरुसँग विवाद पनि गरिन् । अन्त्यमा एअरलाइन्सले उनीसँग माफी माग्दै सम्मानसाथ उनलाई विमानमा चढायो ।
एअरलाइन्सकी प्रवक्ताले ती महिलाको झण्डै नांगो वक्षस्थलका कारण अरु यात्रुको मनोविज्ञानमा असर पुग्नसक्ने सम्भावनाका कारण कर्मचारीहरुले उनलाई छाति ढाक्ने कपडा लगाउन आग्रह गरेको बताएका छन् ।

मान्छे अब बुढो नहुने

 बैज्ञानिकहरुले हाल पेन किलरकोरुपमा दुखाइ कम गर्न प्रयोग भैरहेका औषधी छिट्टै बुढो देखिने ब्यक्तिलाई तन्नेरी देखाउनका लागि प्रयोग गर्न सकिने बताएका छन् ।

मुसामा गरिएको प्रयोगले ब्रुफेन जस्तो दुखाइ कम गर्ने औषधीले मानिसलाई बुढो हुन नदिने पुष्टी गरेको हो । मुसामा सफल परीक्षण पछि अव यो प्रयोग मानिसमा गरिने छ । बेलायतको न्यू क्यासल विश्वविद्यालयका प्राध्यापक टमस भोन ग्लीनिकीले बैसैमा बुढा देखिने ब्यक्तिका लागि यो औषधी सहायक हुने बताए ।क्रोनिक इन्फ्लामेसनका कारण मानिसहरु उमेर भन्दा छिटो बुढो देखिन थालेको र त्यसको निवारणका लागि यो परीक्षण गरिएको उनको भनाइ छ ।

यो परीक्षणको सफलताले मानिसहरुलाई बुढो हुन रोक्न सकिनेमा आफूहरु विश्वस्त रहेको शोधकर्ताहरुले बताएका छन् ।यद्यपी ब्रुफेन कुनै जवानीको झरना चाँहि नभएको उनीहरुले स्पष्ट पारेका छन् ।

खास स्तन कत्रो हुनुपर्छ ?

खास स्तन कत्रो हुनुपर्छ ? के सानो स्तनले समस्या ल्याउँछ?


म १९ वर्षकी भएँ। मेरो विवाह भैसकेको छ। मेरा श्रीमानले परिवार बनाउने योजना बनाउनुभएको छ तर मेरो स्तन अरू महिलाहरूको भन्दा निकै सानो छ। यो सामान्य हो कि यसबाट कुनै खतरा छ? यदि खतरा छ भने स्तन ठूलो बनाउने उपाय बताइ दिनुहोला। मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?
परिवार बनाउने योजना भनेको के हो ?
अहिलेको जमानामा १९ वर्षमै विवाह गरिसक्नु अलि कलिलै उमेर हो। विवाह गर्नुनै एक प्रकारले परिवार बनाउनु हो। सम्भवतः तपाईंले सन्तान जन्माउने श्रीमान्को चाहनाको कुरा गर्नुभएको होला। तपाईंले आफ्नो श्रीमान्का बारेमा खासै केही लेख्नु भएको छैन। स्वास्थ्यको दृष्टिकोणले २० वर्षपछि सन्तान जन्माउनु राम्रो हुने कुरा तपाईंलाई पनि थाहै होला। सन्तान जन्माउन र त्यसको लालनपालन गर्न शारीरिक रूपमा मात्र नभई मानसिक एवं आर्थिक रूपमा पनि सबल र सक्षम हुनुपर्छ। यस विषयमा पनि विचार गर्नुभएकै होला। सन्तान करले होइन रहरले जन्माउनुपर्छ।

यसमा तपाईंहरू दुवैको सहमति हुनु राम्रो हुन्छ।स्तन कत्रो हुनुपर्छ ?

स्तन महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ। कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ।

स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ। स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन।

के सानो स्तनले समस्या ल्याउँछ ?
स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ।

विवाहपूर्व सेक्स गरेको नगरेको कसरी थाहा पाउने ?

विवाहपूर्व यौनसम्पर्क राखेको नराखेको कसरी थाहा पाउने ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यो अवस्थाबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सजिलो छैन। महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो।

हुनत आफूले विवाह गर्न लागेकी दुलही ‘कुमारी’ हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन।
कुनै युवती कुमारी हो कि होइन योनिच्छद -जymभल) भए- नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर यकिनका साथ भन्न वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ।प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कने खालको हुन्छ। यस्तो स्थितिमा कतिपयको महिलाको यौनसम्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थ्ाामा हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ।

देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ।
पहिलोपल्ट सम्पर्क हुँदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन।

समाधान के हुनसक्छ ?
सम्बन्ध चाहेअनुरूप अघि बढ्न सकेन भन्दैमा त्यसैमा अल्झिएर बस्नु आवश्यक छैन। त्यसलाई बिर्सिएर अघि बढ्नु बुद्धिमानी हुन्छ। थाहा पाउला भनेर विवाह गर्नबाट भाग्नु हुँदैन। सबैभन्दा पहिले भावी श्रीमान्ले थाहा पाउलान् कि भन्ने भयबाट निस्कनुपर्छ।

तपाईंका तथाकथित प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने कुरामा एकपल्ट विचार पुर्‍याउनुपर्ने हुन्छ, तर उसले भयादोहन -दबिअफबष्) िगर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ। भयादोहन गर्ने स्थिति छैन भने त पीर गर्नै परेन। प्रत्येक व्यक्तिले आफ्नो यौ नसम्पर्क राख्ने वा नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य-मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ। तपाइंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवन यापन गरिरहेका छन्।

तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ। आफ्ना विगतका यी नराम्रा पानाबाट पाठ सिकेर सुन्दर भविष्य बनाउन प्रयासरत भै अगाडि बढ्न सक्नुभयो भने पक्कै पनि सुन्दर भविष्य तपाईंको सामु छ। मुख्य कुरा आफू दृढ भएर अठोट गर्नुहोस् कि अगाडिको सुन्दर भविष्यलाई आत्मसात् गर्छु, र निरन्तर प्रयासरत रहनुस्।

दुधसँग यी कुराहरू प्रयोग नगर्नुस

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ ।
दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ ।
थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।

- हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
– दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ । – दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।
– दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
– दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ । - दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
– सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

बलात्कार र अपहरणबाट बचाउने जिन्स

देश तथा विदेशमा महिलाको सुरक्षासम्बन्धि बहस जारी छ । बहस सँग–सँगै महिलाका लागि थुप्रै कामहरु भइरहेका छन् तर अपराधमा कुनै कमी आएको छैन । भारतको वाराणसीको दुई महिलाले महिलाको सुरक्षाको दिशामा नयाँ पहल गर्दै एक यस्तो जिन्स तयार गरेका छन् जसलाई लगाइएमा उनीहरु बलात्कार र अपहरणको शिकारी हुनबाट बच्नसक्छन् ।
एक पत्रिकाको खबर अनुसार लहुराबीरमा बस्ने दिक्षा पाठक र अञ्जली श्रीवास्तवले मिलेर वाकी टकी डिभाइस लगाइएको जिन्स बनाएका छन् ।
अपहरण र बलात्कारको प्रयास गरिरहेका बेला यसको एक बटन दबाउनाले पुलिस हेल्पलाइनको नम्बरमा फोन जाने गर्दछ । त्यसपछि सर्भिलेन्सको मद्दतबाट पुलिस तुरुन्त घटनास्थलमा पुगेर पिडितको मद्दत गर्न सक्छन् । कम्प्युटर साइन्सकी छात्रा दीक्षा र इलेक्ट्रोनिक कम्युनिकेसनकी छात्रा अञ्जलीले यो विशेष प्रकारको जिन्स बनाउन निकै मेहनत गरेका छन् । यसमा सेन्सर माइक लगाइएको छ जसको फ्रिक्वेन्सी निकै तेज छ । यसको सर्किटमा मोबाइल चीप पनि लगाइएको छ र यसमा पुलिसको इमेर्जेन्सी नम्बर सेट गरिएको छ ।


जबसम्म फोन उठ्दैन त्यतिबेलासम्म भाइब्रेसन भइरहन्छ । यतिमात्र होइन, यो जिन्समा एउटा क्यामरा पनि जडान गरिएको छ जसलाई ‘अन’ गर्नेबित्तिकै आरोपीहरुको भिडियो बन्न सुरु गर्छ र भिन्न–भिन्नै फाइलमार्फत चिपमा सेट गरिएको नम्बरहरुमा जाने गर्दछ । कम मुल्यमा पाइने यो जिन्सलाई बढिमा तीन महिनासम्म प्रयोग गर्न सकिन्छ । जिन्स तयार भइसकेपछि यसको प्राविधिक जाँच गराई छिट्टै नै बजारमा ल्याउने तयारी भइरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस  एजेन्सी

के फर्केला राजतन्त्र

मिश्र लेखिएको मैले नचिनेको मान्छे। उनको इमेल आउँछ नियमितरूपमा कुनै जानकारी या लिंक लिएर। नचिनेको कारणले होला वास्ता गर्दिनँ म यस्तो इमेललाई।
तर यसपालिको उनले पठाएको लिंकमा अनायास क्लिक गर्दा त्यसले 'दि डिप्लोम्याट' भन्‍ने न्युज म्यागजिनमा छापिएको अखिलेश पिल्लल्मरिर्रलको लेखमा पुर्‍यायो मलाई। पूर्वराजा ज्ञानेन्द्रको फोटोसहित शीर्षक रहेको छ, 'के नेपाल राजतन्त्रमा फर्किन सक्छ?' आजको छलफल यसबाटै सुरु गरौं। यो प्रश्‍नको उत्तर खोज्ने जमर्को गर्दा तीन कुरालाई आधार मान्नुपर्ने हुन्छ। पहिलो, नेपालको पढेलेखेको सचेत मध्यमवर्गको भूमिका। दोस्रो, भारतको भूमिका। तेस्रो, नेपालको वर्तमान अवस्था।

सन् १९९० को जनआन्दोलनलाई गहिरिएर हेर्दै जाँदा मैले नेपालमा परिवर्तन गराउने शक्ति देखे। यो शक्ति भनेको आफैंमा शक्ति नभईकन पनि नेपालमा परिवर्तन गराउन सक्ने वर्ग हो। यसलाई १९९० पश्चात् मैले पढेलेखेको सचेत मध्यम वर्ग भनेर ठम्याएको छु र यसले खेलेको भूमिकाबारे लेख्दै आएको हुँ। हो, यो आफैंमा कहिल्यै पनि शक्ति बन्‍न सकेन र बन्‍न पनि सक्तैन। तर त्यसो भएर पनि यसको ताकत भने घटेको छैन। वास्तवमा झन् बढेको छ। यसो हुनुको एउटै मात्र कारण हो- यो वर्गमा परिवर्तन गराउन सक्ने क्षमता सन्निहित छ। तर परिवर्तन गराउन आफैं भिड्न जाँदैन यो। अनि कसरी परिवर्तन हुन्छ त संवाहककारी भूमिकाबाट। नेपालमा परिवर्तन गराउने सशक्त संवाहक हो यो। विभिन्न जातजाति, धर्म, समुदाय र सांस्कृतिक विविधताले अत्यन्त विभाजित हुन्छ यो वर्ग। राजा आऊ देश बचाऊदेखि कट्टर गणतन्त्रवादी छन् यसभित्र।

यसको तागत यही विभाजनबाटै आउँछ। अघिपछि कहिल्यै मिल्दैनन् र तीनजना छलफल गर्न बसे भने चारवटा विचार निकाल्ने यो वर्गको चरित्र हो। तर यो वर्गले मुलुकको बृहत्तर हितलाई चनाखो भएर हेरेर बसेको हुन्छ जसले गर्दा जब नेपालको हितका कुरा आउँछ त्यतिबेला यो एक ढिक्का हुन्छ। यसरी हेटेरोजिनिटीबाटै होमोजिनिटी उत्पत्ति हुन्छ त्यो बेलामा जब मुलुकको बृहत्तर स्वार्थको जगेर्ना गर्नुपर्ने हुन्छ। यसले जब एक निर्दिष्ट धारणा बनाउँछ तब त्यो धारणा विभिन्‍न तप्का हुँदै तलसम्म जनमानस छिचोल्दै जान्छ। अन्तत: यो धारणै मुलुकको धारणा बन्छ। अनि यसले परिवर्तन ल्याउँछ मुलुकमा। १९७९ होस् या १९९० या २००६, परिवर्तनको वेग यही हो। यसरी आफू शक्ति नबनेर पनि परिवर्तनकारी शक्ति बनेको छ यो। अब अलिकति राजतन्त्रबारे हेरौं।



ठूलो माछाले सानोलाई खाएजस्तै जमिन जितेर आफ्नो अधीनमा राख्ने चलनको स्वरूप बदलिँदै गएर टाढाटाढा अधिपत्य कायम गरेर उपनिवेश बनाउनेमा पुग्यो। पैसा कमाउने उद्देश्य परिपूर्ति गर्न यो अत्यन्त लाभप्रद ठहरियो। आधुनिक उपनिवेशवादी युगमा आइपुग्दा मूलत: युरोपेली मुलुक फ्रान्स, बेलायत, स्पेन, पोर्चुगल र नेदरल्यान्डले मर्कन्टेलिस्ट सोच अर्थात् सरकार र व्यापारीको साझेदारीमा राजनीतिक पकड बलियो पारेर पैसा कमाउने अभियानलाई नै अगाडि बढाए। यसको लागि सैनिक तागत, विकसित प्रविधि, आधुनिक सीप र राम्रो व्यवस्थापनबाट उपनिवेशवादी शोषणपूर्ण मान्यतालाई बलियो पारे। यसरी जहाँ यी पुग्न सके त्यहाँ सम्पत्ति कमाउन उद्योग व्यापार र त्यसलाई टेवा दिने पूर्वाधारको विकास गरे। अनि त्यतिबेला सधैं आपसमा लडिरहनुपर्ने अवस्थाले सैनिक तागत बढाउँदै लगे।

अहिलेको संयुक्त राज्य अमेरिकामा कलोनी राख्न युरोपेली यी मुलुक सबैजसो त्यहाँ पुगेका थिए र आज अमेरिका जहाँ आइपुगेको छ त्यसको जग यिनीहरूले नै हालिदिएका हुन्। अमेरिका त कोलम्बसले १४९२ मा पत्ता लगाएको नयाँ ठाउँ पर्‍यो तर अन्यत्र जहाँ राजा थिए ती विस्थापित भए। भारतमा मुगलहरू धपिएजस्तै। समयको अन्तरालमा क्रान्तिबाट राजतन्त्र फालिने क्रम चल्यो। भोल्टेयर र रूसोको वैचारिक ऊर्जाबाट विश्वमा पहिलोपटक निस्केको समानता, स्वतन्त्रता र भ्रातृत्वको उर्लंदो पिपुल पावरले १७९३ मा फाल्यो फ्रान्समा।

राजतन्त्र फर्किने या नफर्कने त्यति महत्त्वपूर्ण छैन जति महत्त्वपूर्ण यो मुलुकको बृहत्तर राष्ट्रिय स्वार्थ हुन्छ।फर्केनै पनि सक्रिय हुने सम्भावना छैन। भएमा हुने भनेको संवैधानिक, अलंकारिक, सांस्कृतिक या बेबी किङमध्ये एक हो।
अनि कम्युनिस्टहरूले वोल्सेभिक क्रान्तिबाट १९१७ मा फाले रसियामा। र, यदाकदा फिर्ता पनि ल्याइयो जस्तो बेलायतमा १६६० मा। दोस्रो विश्‍व युद्धपश्‍चात् राजतन्त्रबाट उपनिवेश बनेका मुलुकहरूले स्वतन्त्रता प्राप्त गरेपछि स्वत: गणतन्त्र भएजस्तो भारत या भारतबाट बनेको पाकिस्तान अनि तत्कालीन सिलोन या बर्मा र यस्तै अमेरिकी मुलुकहरू। करिब दुई सय मुलुकहरू भएको विश्वमा अहिले ४० देशमा राजतन्त्र छ, चार देशमा सक्रिय। ४४ पूर्वराजाहरू अहिले जिउँदा छन्, जसमध्ये ६ मुलुकमा राजतन्त्र समाप्त भएर हो भने बाँकीमा राजीनामा दिएर या छोराका लागि राजपाठ त्याग गरेर हो। र, २००८ मा राजतन्त्र हटेको पछिल्लो मुलुक हो नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र।

दक्षिण एसियाको एउटा पुरानो र कहिल्यै पनि उपनिवेश नभएको मुलुक हो नेपाल। १८१६ को सुगौली सन्धिपश्चात् उपनिवेश नरहेर पनि स्वतन्त्र निर्णय गर्न सक्ने क्षमतामा ह्रास आएका कारण विश्व शक्ति बनेको बेलायतको उपनिवेशवादी नीतिअन्तर्गत नेपाल रहन गयो। असन्तुलित हुँदै गएको नेपालमा यसको ३० वर्षपछि जंगबहादुरले १४ सेप्टेम्बर, १८४६ को रातमा कोतपर्वबाट सत्ता हत्याए। अनि क्रमिकरूपबाट आन्तरिक सन्तुलन कायम गराए। बेलायत सरकारको काठमाडौंमा रहेको प्रतिनिधि, जसलाई ब्रिटिस रेजिडेन्ट भनिन्थ्यो, तिनले पठाएको प्रस्ताव बेलायत सरकारले स्वीकृत गरेको भए राजतन्त्रको स्वरूप नेपालमा त्यतिबेलै बदलिसकेको हुन्थ्यो। अर्थात् श्री ५ महाराजाधिराज शाह राजा नभएर जंगबहादुर हुन्थे।। श्री ५ हुन नपाए पनि जंगबहादुरले १८५६ मा आफूलाई राजा सुरेन्द्रबाट कास्की तथा लमजुङको महाराजा भएको घोषणा गराएका थिए।

दोस्रोपटक अनुरोध गरेर १८५७ को सिपाही बगाबत दबाउन दोस्रोपटक प्रधानमन्त्री बनेलगत्तै आफैं भारत पुगे जंगबहादुर। यसरी आन्तरिक सन्तुलन कायम रहेको नेपालभित्र बेलायतले हस्तक्षेप गर्ने या गिलगिलाउने काम गरेन। हो, विश्वयुद्धमा लडाउनका लागि हाम्रा तन्नेरी ज्यानहरू लिएर गए। मूलत: भन्नुपर्दा १९४७ मा बेलायतले मुक्त गरिदिएपछि नेहरूले एकातिर पञ्चशीलअन्तर्गतको असंलग्न परराष्ट्र नीति लागू गरे भने अर्कोतर्फ भारत सरकारका बाबुहरूले नेपालमा उपनिवेशवादी विदेश नीतिलाई निरन्तरता दिन लागिपरे। यस्तो दोहोरो नीतिको प्रचण्ड विरोधाभाष समाहित हुनसक्ने कुरै होइन। जसले गर्दा नेपाल-भारत सम्बन्धमा सधैं अविश्‍वास, असन्तोष, बेइमानी र थिचोमिचो गर्ने प्रवृत्तिको ज्वारभाटा उठिनैरहेका छन्। भारतबाट बनाइएको पाकिस्तान र पाकिस्तानबाट बनाइएको बंगलादेशलाई जति स्वतन्त्र मुलुकको रूपमा स्वीकार गरेका छन् सरकारी बाबुहरूले त्यति सधैं स्वतन्त्र भएर रहेको मुलुक नेपाललाई स्वीकार्न सकेका छैनन्। अनि त माइक्रो म्यानेजमेन्ट बढ्दैछ हाम्रो मुलुकभित्र जुन अस्वस्थ छ अनि चरम हानिकारक दुवै देशको लागि।

के राजतन्त्र फर्कन्छ नेपालमा भन्ने कुरा अब हेर्न सकिन्छ। राजतन्त्र फकिर्नुपर्छ भनेर कसैले भन्नेबित्तिकै त्यो अपराधसरह मान्ने मानसिकता प्रत्येक नागरिकको स्वतन्त्र अभिव्यक्तिको प्रजातान्त्रिक अधिकारको बर्खिलाफ हुन्छ। विश्वमा राजतन्त्र फर्केर आएका पनि छन् जस्तो बेलायत या स्पेनमा। जनताको नाममा लाखौं जनतालाई तहसनहस पारेका थिए क्रान्तिकारी कम्युनिस्टहरूले क्याम्बोडियामा। त्यहाँ पनि राजतन्त्र फर्कियो। ग्रीसमा १९३५ मा भएको जनमत संग्रहले फिर्ता ल्यायो तर फेरि गयो। इटली, रोमानिया र अफगानिस्तानमा र अझ सर्बियामा अभियान चालू छ। फ्रान्स, जर्मनी र रसियासम्ममा पनि असंगठित झीनामसिना आवाज सुनिन्छ। भनिन्छ- जर्मनीमा हरेक पाँचमा एकजना पहिलो विश्‍वासयुद्धका बेला राज त्याग गरेका राजा विलियम फस्र्टका पनातिलाई राख्न चाहन्छन्, जो राजतन्त्र फर्कनुपर्छ भन्दै आएका छन्। तर त्यस्तो सम्भावाना बिल्कुल देखिँदैन। रुमानियाका अपदस्थ राजा माइकल फर्स्ट अझै त्यहाँको राजा भएको नाटकमै छन्। हामीकहाँ पनि दिन तोकेर फिर्ता ल्याउने घोषणा गर्ने जमात जम्जमाइरहेको छ।

राजतन्त्र फर्किने या नफर्कने त्यति महत्त्वपूर्ण छैन जति महत्त्वपूर्ण यो मुलुकको बृहत्तर राष्ट्रिय स्वार्थ हुन्छ। फर्केनै पनि सक्रिय हुने सम्भावना छैन। भएमा हुने भनेको संवैधानिक, अलंकारिक, सांस्कृतिक या बेबी किङमध्ये एक हो। माथि छलफल गरेजस्तै पढेलेखेको सचेत मध्यमवर्गले कस्तो धारणा बनाउँछ त्यसमा यो कुरा निर्भर गर्छ। यो वर्गको तलसम्म छिचोल्दै जान सक्ने धारणा बन्ने भनेको बृहत्तर राष्ट्रिय स्वार्थको लागि मात्र हो। यस्तो स्वार्थ अडेको हुन्छ दुई कुरामा। पहिलो, मुलुक सन्तुलित हुनुपर्ने। दोस्रो, मुलुक आर्थिकरूपबाट बाँच्न सक्नुपर्ने। नकि जसरी प्रचार गरिएको छ भारतको प्रधानमन्त्री नरेन्द मोदी भएकोले राजतन्त्र फर्कने वातावरण अनुकूल भएको छ। त्यस्तै न कि विश्व हिन्दु परिषद्का अध्यक्ष वा भारतीय जनता पार्टीका नेताहरूले के कति समर्थन गरे भन्नेमा। मूलत: हाम्रो आन्तरिक कारण नै हो। बाहिरी शक्तिले निर्णायकरूपमा खेल्ने भनेको उसको स्वार्थका लागि हाम्रो आन्तरिक कारण उसको अनुकूल भएको बेलामा या अनुकूल पारिएको बेलामा हो।

यसरी बाहिरी शक्तिहरू र अझ हाम्रो सन्दर्भमा भारतले हाम्रो आन्तरिक मामलामा खेल्दै र दखल दिँदै आएको उसको नेपाललाई हेर्ने दृष्टिकोणको मिलान नभएर हो। हामीले माथि हेर्‍यौं भारतको विदेश नीतिले एकातिर ब्रिटिसको उपनिवेशवादी नीतिलाई निरन्तरता दिइरहेको छ भने अर्कोतिर असंलग्न विदेश नीति वकालत विश्वमा गर्दै आएको छ। यो मिलान नहुँदा प्रशस्त विकृति निस्केको छ। यो विकृति झन् बढाउने काम भारतले दुई देशबीचको सबन्धलाई राजनीतिक स्तरबाट झारेर भारतीय ब्युरोक्रेसीका बाबुहरू र खुफिया एजेन्सीका बाबुहरूलाई सुम्पिएपछि भएको छ। यी बाबुहरूले राजासँग बार्गेन गर्न माओवादीलाई हुर्काए, बाह्रबुँदे समझदारी गराएर आन्दोलन चर्काए अनि राजतन्त्र फाल्ने काममा निर्णायक भूमिका खेले।

तर तिनीहरूले राजतन्त्र फाल्ने भूमिका खेल्न सकेको हाम्रो पढेलेखेको सचेत मध्यमवर्गले निर्दिष्ट धारणा बनाएपछि मात्र हो। नत्र भने दोस्रो जनआन्दोलनको अजेन्डा राजतन्त्र हटाउने किमार्थ थिएन। समस्या बल्झिएको एकमात्र कारण राजा ज्ञानेन्द्रले पावर सेयर गर्नै नचाहेर हो। स्लिप वाकर प्रवृत्तिमा वशीभूत भएर २००५ मा उनले जसरी सत्ता लिएर हर्ताकर्ता भए त्यसपछि यो वर्ग नराम्रोसँग झस्किन पुगेको हो। त्यसैले यो वर्गले धारणा नबनाईकन हिन्दुत्व बोकेको मोदी प्रधानमन्त्री हुँदैमा राजतन्त्र फर्कने अनुकूल अवसर भएको भनेर अनुमान गर्नु गलत हुनेछ। हो, नेपालको वर्तमान अवस्था ठीक छैन। मुलुक कम्पास हराएको जहाजजस्तो भएर असन्तुलित भएको छ। आर्थिक रूपबाट यो मुलुक बाँच्न सक्छ कि सक्दैन भन्‍ने प्रश्‍नको उत्तर झन् धुमौलो भएको छ। प्राय: हरेक पार्टीका 'छोटे राजाहरू' ले राष्ट्रको स्वार्थमा चोट हानेर आआफ्नो लोभको तुष्टि गरिरहेका छन्। यो नै डरलाग्दो असन्तुलनको उतपादन गृह बनेको छ। सामाजिक सञ्जालमा प्रश्न व्यापकरूपमा उठेको छ- के राजा फालेको धेरै छोटे राजाहरू जन्माउनका लागि हो त? अहिले त छोटे राजाहरू र सुमार्गीहरूको लुटपाटको परमानन्द क्षेत्र बनेको छ यो मुलुक। त्यसैले यहाँनिर यो पढेलेखेको सचेत वर्गले कसरी सोच्ने हो या कस्तो धारणा बनाउने हो त्यो नै अन्तत: नेपालको राजनीतिमा निर्णायक हुनेछ यदि चतना भए।

यात्रुको कान मुसाले खाइदिए पछि

एजेन्सी – चेन्नई–तिरुनलवेली नेल्लई एक्सप्रेसमा मुसाले एक यात्रुको कान टोकेका कारण रेल आधा घण्टासम्म मदुरै जक्सनमा अड्किनु परेको समाचार छ ।

रेलवे पुलिसका अनुसार बिहान साढें चार बजे मुसाले ५४ वर्षीय चाल्र्सको कान टोकेको बताइएको छ ।

जब रेल पाँच बजे स्टेशनमा पुग्यो तब डाक्टरहरुले चाल्र्सको उपचार गरे जसका कारण रेल आधा घण्टासम्म अड्किनु पर्यो । स्थानिय रेलवे असोसियसनका अनुसार रेलमा मुसाको बढ्दो आतंकका बारेमा थुप्रै गुनासो आएपनि यस समस्याको समाधानका लागि कुनै पहल गरिएको छैन ।

महाकवि असार पन्ध्रको रोचक वर्णन यसरी गर्छन

नेपालमा खुशीयाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान् देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा आनन्दको गुलाबी रंग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रंगले हलुका तवरले छोयो ।

आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतीका सौन्दर्यमा वैचित्रय थप्तछ, भावको रंगले दुनियाँको रंग चढाउँछ्, नेपालको हृदयमा आज मधु तरंगहरु खेलिरहेका छन् । पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँ हुने कृतज्ञता र आह्ल्हाद आजको दिनमा छ । इश्वरको आज्ञाले तथा सन्तान उपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन् । हामी सुनौला बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्, हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा उर्लदो दिलको मधुर गान । आज हामीहरु दबदबे, कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाईं छ, आज आषाढको पन्ध्र हो ।

कृषि प्रधान देशमा रोपाईंकोदिनधर देशको महोत्सव हुन्छ । यस दिन अलग–अलग कुनामा खुम्चिएर रहेका झोपडीहरुलाई जीवनको जादूले छुन्छ । किसानको आँगनमा झिसमिसे बिहान भई वनस्पतिको देवदूतले आवाज दिन्छ । किसानका बालबच्चाहरु साना हातका खुशिला थपडीले बिहानको स्वागत गर्छन् । खेतीवाल पनि बिहानीपखको मिठो सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मिठो बिपनामाथि आँखा खोल्दछ । बालकहरुको मिठो बोली, मधुर हास्य तथा उफ्रनु देखेर खस्रा इमानदार हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरुलाई एकैछिन नचाउँछ । बालकहरुकी आमा चाहिं निर्दोष खुला चालले हाँसेर चमकदार आँखाको ज्योती जगाउँछे, तब रोपाईंका निमित्त तयारी शुरु हुन्छ । अरु दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालह, सवै खेत–खेत, फाँट–फाँटभरि कोदाली लिँदै नाच्दै उफ्रदै जान्छन् ।

बैंसालुृ ठिटीहरु बीउका मुठा लिएर गानाका टुक्रा–टुक्रा मात्र केही खुला, केही लजिलो चालले बराबर पक्रेर बीच–बीचमा यौवनको स्वभावले मुखामुख गर्दै हाँस्तछन् । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनिहरुको सुरिलो सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ । यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास पसीना काढ्ने वस्तादहरुका रफत, महफिलका विकृत चेहरादार गवैयाहरु, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरुको खुला आवाज अभ्यासको कमारो हुँदैन, ती शब्दहरु हृदयका उद्गार हुन्छन्, तिनीहरुलाई आनन्द र भावको जोडले नै सुरिलो मधुरी दिन्छ । कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढनु पर्दैन । यी प्रकृतीका छिमेकीहरुलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ दिलको पींधबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड, खाल्टा, फाँट–फाँट सारा गुञ्जिरहेछन, हृदयका आवाजहरु हावामा चक्कराइरहेछन्, पत्थरको छातीमा समेत टक्कराइरहेछन् । नेपालको हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्, लहराईरहेछन् ।


rice day1यो खुशीयाली र यो आनन्दले, प्रकृतीबाट पन्छिएर अलग रहन खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरुलाई पनि एक किसिमको नविन आनन्द आएको छ । शायद हाम्रा पुरातन पुर्खाहरु पनि यसैगरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक प्रभावको सिद्धान्तले खेतीवालहरुका असर सबैको छातिभित्र घुसेको पनि होला ।

लिनु र दिनुको जिन्दगीबाट हामी केही फुर्सद लिन खोज्दछौं । आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलावट आवाज सुनीरहेछ । हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपार्ईं चलिरहेछ । दूर रहे पनि हामी प्रकृतिका नातादार हौं । आजको खुशियालीमा हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाईंको आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाईंको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ ।


यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको दिनको विलास उपभोग गर्न बाहिर हिंडें, चार गारो र छानाले ढाकेको सांग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिंडे । कुनै विशेष उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, ‘कता जान लाग्नुभयो ?’ मैले उत्तर दिएँ, ‘कता, कता ।’ ‘कता कता’को ‘ता’मा लामो दूरदतादर्शक प्लट थियो । भ्रमण गर्दा–गर्दा हामी कुनै ठाउँमा पुग्यौं, जसलाई प्रचलित नाम दिएर म मेरो अनभुवको मोहनी पाठकबाट उडाउृन चाहन्नँ ।

हामी उच्चा जग्गामा बस्र्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका नीलो चेहरा विचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका टुक्रामा बीचबाट सूर्य भगवान्को उज्यालोले दृश्यपटलाई टाटापाटा गराएको थियो । दूरवर्ती पहाड पाटा–पाटामा घामले छोएर हरियालीको सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहुरिएका ग्रामीण युवतिहरु मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाईरहेका थिए । अर्कोतर्फ किसान युवकहरु पनि सोही काममा लागेर प्रत्युत्तर दिइरहेका थिए । अलि टाढा दुइटा झोपडी शान्तिका कुटी झैं सफा आँगन लिएर निदाएका झैं देखिन्थे ।


यहाँ गाना थियो, कविता थियो । आशुकविहरुको कलम त्यत्तिको छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिभ्राको सरस्वती । एकतर्फ प्रश्न उठ्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं ‘शारदा’–का कविताहरु त छन्दका कठिन कसरत मात्र हुन् । त्यहाँ अटूट प्रवाह थियो, भुलभुलावट थियो, जो त्यस पत्रिका आउने जमेका साह«ा टुक्राहरुमा देखिन्न । तिनको आवाज सुन्दा त अलंकार, अनुप्रास, उपमाका बोझाहरु कविताका गलफन्द मात्र हुन् भन्ने लाग्दथ्यो ।

यिनमा त्यो सरल माधुर्य थियो जो भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण मानिसलाई पनि जव उत्तेजित भावले छुन्छ, तब तिनिहरुका उच्चारणमा विचित्र रसको प्रार्दुभाव हुन्छ । मानिसका रुवाईमा सँधै कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न चाहँदैनौं । यिनीहरु बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने कविहरु मसँग आषाढको पन्ध्रमा आउन् । चर्को कृत्रिम रंग चढाउन खोज्नेलाई पनि मेरो निमन्त्रणा छ । म दही–चिउरा खुवाउन चाहन्न गीत सुनाउन चाहन्छु ।

हाम्रो तलतिर रापाइँ पनि चलिरहेको थियो, केही खेलबहाड पनि । साथसाथमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छयापिदिईन् । आजको दिन हिलो छ्याप्नु पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ । हिलाका छिर्का र बुट्टाहरु आजलाई ग्रामीण युवतिका वस्त्र र वदन दुवैको सुन्दर श्रृंगार छन् । प्रेम र खुशीयालीको हिलो, द्वेष र ईस्र्याको दागजस्तो देखिदैन । किसानका ठिटाहरुका निधारमा पृथ्वीले आशीर्वादको टिका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको थमौती मिल्दछ । आलीका केही हरिया झरीहरु एउटीको केशमा लगाइन्छन्, केही धानका हरिया बीउहरु अर्कीको कपालमा चढाइन्छन् । कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक–दुई मकैक कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ ।

जब खाजा खाने वेला भएको थियो, खेतका किनारामा प्रकृतिका हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरु बिछाइए । केही चिउरा नून, अदुवाका सितन साथमा अलिकति आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ ठाउृँमा शिष्टाचारका नियम र कानूनको अविष्कार हुनुभन्दा अगाडिको युगमा बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो, मानौं यिनीहरुले अलकापुरीका व्यञ्जनका साथमा दुनियाँलाई आधा घण्टासम्म बिर्सिरहेका थिए । परिश्रमले हद से हद खस्रा, रुखा खानामा पनि विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्ूवाद बाहिर खोज्दछौं, यिनीहरु भित्रैबाट निकाल्दछन् । हामी मसलामाथि सुगन्ध थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरुको खस्रो चिउराको मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो ।

गरीबलाई इश्वरले विलासका सामाग्री नदिए पनि विलासका स्वाद र आनन्द दिएको छ । ती कमलका पातका परिकारहरुलाई अंग–प्रत्यंगकोृ सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थियो। खाँदा अनेक ठट्टा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्राम पनि दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरु नेपाली पहाड रुपी ओलम्पिसका यूनानी देवताहरुथिए। पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही यिनीहरुको तिर्खालाई शीतल अमृतको धारा थियो ।

फेरि उनीहरु काममा लागे । हामीहरुले धेरैबेर हेरिरयौं, सुनीरह्यौ । आकाशमा बादल बाक्लिएर आयो, दुईचार थोपा गि¥यो, झ्न अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरुले छाता लगेका थिएनौं । पहिले त दौडेर भाग्ने विचार ग¥यौं तर वर्षाले छोपिहाल्यो, रुजाइहाल्यो । दगुर्नमा केही बचावट थिएन । हामी सुस्त–सुस्त घरतर्फ लाग्यौं । खेतमा उनीहरु भने झन् खुशीले रोपाइँ गरिरहेका थिए ।
अलि टाढाबाट हामीहरुले सुन्यौं, –
‘रोपाइँको बेला, बिजुली चम्क्यो, झरीले गीत गायो
बादलको तल खोला है उफ्र्यो, दिल मेरो नचायो
आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको
आज र हाँस्यो, आज र गायो
भोली ता कठै, को रुन्छ देखी कालले टिपेको ।’

हामीहरुका लुगा पनि लफलफाउँदा भए, हिलैले पनि रंगिए । हामीहरुलाई पनि आजको आषाढको पन्ध्रको उत्सव राम्रोसँग मनाएजस्तो लाग्यो । हामी पनि रोपाइँ गरेर सडकमा आएका थियौं । जब म घरभित्र पसें, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसुहाँसो चलेको थियो । मैले भनें, ‘आज आषाढको पन्ध्र हो ।’
–(महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध सँग्रह ‘लक्ष्मी निबन्ध सँग्रह’बाट साभार गरिएको ‘आषाढको पन्ध्र’ शिर्षकको निबन्ध) 

घर फर्केका रोनाल्डोलाई लिन कोही आएनन ट्याक्सी चढेर गए

ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको पोर्चुगलको टोली घर फर्किएको छ । तर, स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितका खेलाडीहरु घर फर्किँदा विमानस्थलमा लिन कोही आएनन् । अवस्था यस्तो आयो कि फिफा बालोन डि’ओर विजेता रोनाल्डो सार्वजनिक ट्याक्सी चढेर जानु परेको छ । पोर्चुगलका खेलाडीहरु लिस्वेन विमानस्थलमा पुग्दा केही पत्रकार र एकाध समर्थक मात्र थिए ।
रोनाल्डोसहितका खेलाडीहरूको अनुहारमा कुनै चमक थिएनन् भने समर्थक पनि खुसी देखिएनन् । विमानस्थलबाट बाहिरिने क्रममा रोनाल्डोले भने-’यो फुटबल हो । हामीले हाम्रो शिर उच्च परेका छौं । हामीले हाम्रोतर्फबाट सक्दो राम्रो गर्न कोशिस गर्‍यौं तर, सफल भएनौं ।’ लगतै उनले ट्याक्सी बोलाए र आफ्नो लगेजहरु राखेर हिडे । जर्मनीविरुद्धको खेलमा रातो कार्ड पाएका डिफेन्डर पेपेले अब यस्तो गल्ती स्वीकार्य नहुने बताएका छन् । ‘हामी अघिल्लो चरण जान चाहन्थ्यौं ।

हामीले राम्रो गर्ने काशिस गर्‍यो । तर, सम्भज भएन’ उनले भनेका छन् । घुँडाको चोटका बाबजुत विश्वकप खेलेका रोनाल्डोको गोलको मदतमा समूह चरणको अन्तिम खेलमा घानालाई पराजित गरेपनि पोर्चुगल नकआउट चरण पुग्न सकेन । अमेरिका समान चार अंक जोडेको भएपनि पहिलो खेलमा जर्मनीसँग व्यहोरेको ४-० को फराकिलो हारको मूल्य चुकाउँदै गोल अन्तरमा पछि पर्‍यो ।

तेरिया भन्छिन नेपालीको मायाले जितेकी हुँ

काठमाडौं : भारतीय टेलिभिजन जीटीभीको चर्चित रियालिटी सो 'डीआईडी लिटिल मास्टर्स सिजन थ्री' की विजेता तेरिया फौजामगरलाई शनिबार राजधानीमा भव्य स्वागत तथा सम्मान गरिएको छ। उपाधि जितेर घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित सम्मानका लागि उनलाई राष्ट्रिय सभागृह पुर्‍याइएको थियो।

रातो टिसर्ट र कालो स्कर्टमा देखिएकी तेरिया मन्द मुस्कानसहित मञ्चमा पुग्दा दर्शकदीर्घाबाट उत्साहित हुँदै 'हुटिङ' गरेका थिए।

'सबैले स्टार भयौ भन्छन्, मलाई एकदम खुसी लागिरहेको छ', तेरियाले भनिन्, 'सम्पूर्ण नेपालीको कारणले गर्दा नै म यहाँसम्म आएँ। संसारभरका नेपालीलाई धन्यवाद।' तेरियासँग फोटो खिच्ने, उनलाई खादा पहिर्‍याउनेको घुइँचो थियो। हातखुट्टाका औंला चलाएर टाउको हल्लाउँदै स्टेजमा तेरिया बोलिरहँदा नृत्यकै कुनै स्टेप गरिरहेजस्तो भान हुन्थ्यो। 'मैले यति धेरै सम्मान पाउँछु भनेर सोचेकै थिइनँ', परिपक्व अभिव्यक्ति दिँदै उनले भनिन्।

यति छिट्टै छोरीको प्रगति देख्न पाइएला भन्ने नसोचेकी तेरियाकी आमा अनिता फौजामगरले काठमाडौंमा गरिएको सम्मान देखेपछि खुसीको सीमा नाघेको अनुभव सुनाइन्। 'तेरियाले नेपालको छाती ठूलो बनाएकी छन्। हाम्रो शिर सगरमाथाजस्तै उच्च भएको छ। भविष्यमा पनि विश्‍वभरका नेपालीले यसरी नै माया गरून्', उनले भनिन्।

आफूले कुनै समय हिम्मत हारे पनि छोरीले कहिल्यै हिम्मत नहारेकाले जित हासिल भएको उनले बताइन्। यति भव्य सम्मानको कल्पना नगरेकी अनिताले भनिन्, 'नेपालीको साथ त भोट हेरेरै थाहा पाएकी थिएँ तर तेरिया कति फेमस रहिछन् भनेर त यहाँ आएर पो थाहा भयो।'

नातिनीको जितमा खुशी हजुरबुवा कृष्णबहादुर फौजामगरले तेरियाको जीवनबारे जानकारी गराएपछि भने, 'मेरी नातिनी अब नेपालकी नातिनी हुन्, मेरोमात्र होइन।' संविधानसभाका उपसभामुख ओनसरी घर्तीमगरले तेरियालाई खादा पहिर्‍याएर गालामा म्वाइँ खाइन्।

तेरिया भीडमा पनि मुस्कुराइरहेकी थिइन्। बेलाबेलामा छेउमा बसेकी आमासँग के के सोधिरहन्थिन्। तस्बिर खिचाउन चाहनेहरू नजिक आउनासाथ कहिले हाँसेर मुन्टो बंग्याउँथिन् त कहिले दुई औंला देखाएर पोज दिन्थिन्। सम्मान कार्यक्रममा उनीसँग उनका नेपालका गुरु दीपेश गुरुङ र डीआईडीमा नृत्य सिकाउने गुरु ओमकार पनि सरिक थिए। तेरिया फौजामगर स्वागत, बधाई तथा सम्मान मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो।

अाजको राशीफल कस्तो छ

अाज असार १५ अाइतबार २०७१ साल तदनुसार इस्वी सम्वत २०१४ जुन महिनाको २९ तारिख अाइतबार, अाजको राशीफल कस्तो छ हेर्नुस

मेष (चू चे चो ला ली लु ले लो अ)
आफ्नो भूमिकालाई लिएर उत्साहित बनिने छ । केही नयाँ अवसरको पर्खाइमा रहिने छ । मित्रबाट सहानुभूति मिल्ने छ । सोचेको पुरा हुनेछ । दिनको उत्तरार्ध भने केही तनावयुक्त रहला । सामान्य घाटा समेत बेहोरिएला ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
नयाँ अनुभूति सँगालिने छ । भावनामा बग्नाले सच्चाइ टाढै रहन सक्छ । भनाइ र गराइमा एकरुपता आउनु जरुरी देखिएको छ नत्र तपाईंको विश्वास गुम्न सक्छ । आयका नयाँ अवसरले भने तपाईंलाई अवस्य शान्ति दिने छ ।

 मिथुन (का कि कु घ ङ छ के को हा)
परीक्षाको परिणामले तपाईंलाई अवश्यै दुखीत बनाउन सक्ने छ । धैर्यता गुम्न सक्ने तर्फ सजग रहनु होला । धनको फजुल खर्चबाट बच्ने कोशीस गर्नुहोला । अपरिचितसँगको सम्बन्ध बिवादित बन्न सक्ने छ । झुठा मुद्धाहरु आइ लाग्लान् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
समयको सहि मूल्याङ्कन तपाईंको भाग्य बदल्न सक्छ । केही गर्ने जाँगर आउने छ । तपाईंको सहयोगको सबै आभारी हुने छन् । रमाइलोमा समेत समय छुट्याउन न भुल्नु होला, आजको दिन तपाईंको बिशेष रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । सरकारी क्षेत्रबाट सहयोग मिल्ने छ । बोलीको सहि अर्थ लाग्ने छ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
स्थान परिवर्तनको योग रहेको छ । बिदेश यात्रा सफल रहने छ । पारिवारिक कलह हुने खतरा रहेको छ । जिम्मेवारीको गलत प्रयोगबाट बच्नु होला । अभिभावकको कुरालाई ध्यान दिनु जरुरी रहेको छ । अरुको कुरामा बीचमा नपर्नु होला ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
सफलताले तपाईंको खुशीको सीमा नै बढ्नेछ । साहसको सहि प्रयोगले ब्यक्तित्व विकास हुनेछ । गुप्ता शत्रु नासिने छन् । बिवादमा तपाईंको साथ दिनेहरु भेटिने छन् । अचानकमा गरिने निर्णयबाट भने तपाईंलाई घाटा हुनेछ ।

तुला (र री रु रे रो ता ती तू ते)
दिनभर ब्यस्तता बढ्ने छ । मानसिक शान्ति मिल्ने छ । रोक्किएका काम बन्ने छन् । कामको अपजसले भने तपाईंलाई चिन्तित बनाउने छ । ब्यवहारमा पारदर्शी बन्नु होला, भावनामा बगेर फजुल खर्च हुने योग रहेको छ ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आयका सुनौला अवसर हात पर्ने छन् । शिक्षामा लगानी हुनेछ । काम गर्दा होस् पुर्‍याउनु होला, अरुले तपाईंलाई प्रयोग गर्न सक्ने छन् । लाभांश बढे पनि धन स्थिर नहुने खतरा रहेको ।

धनु (य यो भा भी भू ध फा ढ भे)
गुप्त चिन्ताले सताउने छ । काममा ढिलासुस्ती र मनमा असन्तोषले काम अधुरै रहला । चिताएको काम पुरा नहुँदै अर्को समस्या थपिने छ । शरीरमा घाऊ चोटपटकादिको योग रहेको छ । दिनको अन्त्य भने सुखद रहला ।

मकर (जो जा जी खी खू खे खो गा गी)
पारिवारिक कलहको स्थिति आउन सक्छ । प्रेम सम्बन्धको कारण तनाव बढ्ने छ । ब्यापारिक कार्यमा सफलता मिले पनि नोकरी आदिमा भने समस्या आइ पर्नेछ । तपाईंका सारथीहरु कमजोर हुनेछन् जसको कारण तपाईंलाई घाटा हुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
गलत निर्णयले पछुताउनु पर्ला । तपाईंका आलोचकहरु बढ्ने छन् । गुप्त शत्रुमा बढोत्तरी तपाईंलाई नोक्सान दिनेवाला हुनेछ । कतिपय नयाँ समस्याबाट गुज्रनु पर्ला । कामको जश नपाउनाले अगाडि बढ्न मन मरेर आउने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
भाग्यबल उच्च रहेको छ । नोकरीमा पादोन्नति एवम् स्थान लाभ हुनेछ । बिवादित मुद्धाहरु किनारा लाग्ने छन् । राम्रो समाचार सुन्न पाइने छ । मित्रको सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार रहने छ ।

राशीक्रम
मेष (चू चे चो ला ली लु ले लो अ)
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
मिथुन (का कि कु घ ङ छ के को हा)
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सिंह (मा मि मू मे मो टा टी टु टे)
कन्या (टो प पी पु ष ण ठ पे मो)
तुला (र री रु रे रो ता ती तू ते)
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
धनु (य यो भा भी भू ध फा ढ भे)
मकर (जो जा जी खी खू खे खो गा गी)
कुम्भ (गू गे गो सा सी सु से सो द)
मीन (दि दू थ भ ञ दे दो चा ची)

धान रोपाइँ र दही चिउरा खाएर असारपन्ध्र मनाइदै

काठमाडौं, १५असार । आज असार पन्ध्र । विशेष गरी आजको दिन धान रोपाइं गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइंदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ ।

असार १५ का दिन एक फेर हिलो कुच्नु भन्ने मान्यता छ । यस दिन रोपाइंलाई पर्वको रुपमा मनाइने हुंदा खेतको हिलामा पसेर असारे गीत गाउंदै धान रोप्ने गरिन्छ ।

हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउंदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् ।
यसरी हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कातिर चर्मरोग पनि निको हुन्ो जनविश्वास रहेको छ । रोपाइं गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । यसले नेपाली समाजमा पूर्वीय परिकारको रुप लिएकाले असारमा दही चिउरा साउनमा खीर भन्ने गरिन्छ ।

असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुंदा हिउंदको शुरुवात भयो भन्ने गरिन्छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरेकाले आज धानरोपाइं र धानसंरक्षण सम्बन्धी कार्यक्रम गरी यो दिवस मनाइंदै छ । विभिन्न दलका कृषिसंग सम्बन्धित भ्रातृसंगठनले रोपाइं पर्व मनाउने गर्छन् ।

काठमाडौ पोखरा चितवनमा धान रोपाइं पर्यटकीय आकर्षणको रुपमा मनाउन थालिएको छ । प्रशस्त रैथाने धान पाइने मुलुकमा वर्णसंकरी धानले तिनलाई विस्थापन गर्दै आएको र धान खेतीयोग्य भूमिमा बस्ती बढ्दै गएको कृषि समस्या समधानका विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा धेरैले चासो व्यक्त गरेको पाइन्छ ।

केही वर्षअघि धानमा आत्मनिर्भर रहेको कृषिप्रधान देशमा अहिले उत्पादकत्व घटेर धानचामल समेत आयात गर्नुपर्ने अवस्था आएकाले राज्यले नै यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको विज्ञहरु बताउंछन् ।

Saturday, June 28, 2014

विश्वमा घटेका दश रोचक यौन तथ्यहरू

एजेन्सी । मानिस विवेकशील प्राणी हो । मानिसले स्वस्थ जीवन जिउनको लागि दाल भात तथा अन्य पौष्टिक आहारसँगै स्वस्थ यौनको पनि आवश्यकता पर्दछ ।

मानव जीवनमा यौनलाई प्रकृतिले दिएको उपहारको रुपमा लिइन्छ । मानिसको विभिन्न उमेर समूह मध्ये किशोरावस्थामा यौन चाहनामा तिव्रता आउनुलाई सामान्य मानिन्छ । यौनका मामिलामा विश्वमा हरेकदिन एक न एक प्रकारका घटनाहरु घटिरहेका हुन्छन् । ति मध्ये केही रोचक र अविश्वसनीय पनि हुन्छन् । यौनको बारेमा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका केही रोचक तथ्यहरु यस्ता छन् ।


१. विश्वभरमा दैनिक १० करोड मानिसले यौनसम्पर्क गर्छन् ।
२. कण्डम निर्माता कम्पनी डुरेक्सका अनुसार मानिसहरू औशत दैनिक ०.२८, हप्तामा १.९८ र वर्षमा १०३ पटक यौन सम्पर्क गर्छन् ।
३. गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले यौन क्षमता बढाउछ ।
४. यौन सम्पर्क गर्दा महिलाको ७० देखि १२० क्यालोरी खर्च हुन्छ भने पुरुषको ७७ देखि १५५ क्यालोरी खर्च हुन्छ ।
५. यौन सम्पर्क गर्न अमेरिकी र ग्रिक नगरिकहरू सबैभन्दा अगाडि देखिएका छन्, अमेरिकीले एक वर्षमा १२४ पटक र ग्रिकले एक वर्षमा ११७ पटक यौन सम्पर्क गर्छन् । भारतीयले ७६ पटक र जापानीले ३६ पटक यौन सम्पर्क गर्ने अध्ययनले देखाएको छ ।
६. अध्ययनले एक वर्षमा पुरुष सपना देखेर नौपटक उत्तेजित हुने देखाएको छ ।
७. सन् २००४ मा पोर्न स्टार लिसा स्पाक्र्सले २४ घण्टामा ९१९ जनासंग सेक्स गरेर रेकर्ड नै कायम गरेकी थिइन् ।
८. विश्वभर ४२ लाख पोर्न वेबसाइट रहेको तथ्यांक अनुसन्धानबाट देखिएको छ । त्यसमा दशौं लाख सेक्ससम्बन्धी भिडियो राखिएका छन् ।
९. प्राचीन संस्कृत पुस्तक कामसूत्रमा विभिन्न ६४ सेक्स आसन उल्लेख गरिएको छ । यसलाई भारतको खजुराहो र कोनार्क मन्दिरमा चित्रित गरिएको पाइन्छ ।
१०. केही अफ्रिकी देशहरुमा अहिले पनि कुमारी केटीसंग सेक्स गरे एड्स निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

दुधको साटो बियर पिउछन यी दुधे बालक

जब बच्चाहरु भोकाउँछन् तब सामान्यतः दुधका लागि रुन्छन् । तर, चीनमा एउटा दुई वर्षका यस्ता बच्चा पनि छन् जसको भोक दुधको सट्टा वियरबाट मात्र मेटिन्छ । पूर्वी चीन निवासी यी बालकलाई अल्कोहलको यस्तो लत लागेको छ कि उ दुध होइन वियर पिउन मन पराउछ । यी बच्चाले दश महिनाको उमेरबाट मदिरा पिउन थालेका हुन् ।

चेंग चेंग नाम गरेका यी बालकलाई स्थानीय मिडियामा ‘लिटिल वाइनविभर’ अर्थात सानो जड्याहाको नामले बोलाउने गरिएको छ। स्थानीयका अनुसार यी बालकले पूरा वियरको बोत्तल एक घुटमै सकाउछन् ।

त्यति मात्र होइन, उनमा वियरको असर पनि देखिँदैन । डेली स्टारका प्रकाशित समाचारअनुसार चेंग चेंग जब साह्रै रुन्थे वा धेरै सताउँथे तब शान्त गर्नका लागि उनका पिताले वाइन खुवाउने गरेका थिए ।

अहिले बालकको यो बानी देखेर सरकारी अधिकारीसमेत समस्यामा परेका छन् । यद्यपि बालकका आमाबाबु बच्चाको यो बानी छुटाउने र समस्याबाट छुटकारा पाउनेका लागि निरन्तर प्रयास गरिरहेका छन् । उनीहरुलाई डर छ बच्चाको यो बानीले कुनै कानुनी वा अदालती झन्जटमा फस्न नपरोस् ।

चेंगकी कार्की भन्छिन्, जब बच्चामा उनसलाई अल्कोहल दिइन्थ्यो त्यतिबेला पनि भविष्यमा यसको नकारात्मक असर पर्न सक्ने डर थियो । भयो पनि त्यही, उमेरसँगै बच्चाको अल्कोहाल पिउने क्षमता पनि बढ्न थाल्यो ।

उनी भन्छिन्, चेंग निकै हल्ला गर्छन् हामीसँग उनलाई शान्त गर्ने अर्को कुनै विकल्प थिएन । सुरुमा चेंग थोरै पिउँथे । यसबाट उ शान्त पनि हुन्थ्यो । तर, अब जब उ ठुलो हुँदै गयो उसको आँखा हरेक समय मदिराको बोत्तलमै रहने गर्दछ । अहिले चेंगका आमाबाबु मदिराको बोत्तल लुकाएर राख्न बाध्य छन् ।

चेंग अहिले पूर्ण रुपमा अल्कोहलमा निर्भर भएका छन् । जब उसलाई भोक लाग्छ उ ठुलोठुलो स्वरले चिच्याउछ । यहाँसम्म कि मदिरा नदिएसम्म चुप लगाउन समेत कठिन हुने गर्दछ । एजेन्सी

ब्राजिल र चिली - उरुग्वे र कोलम्बिया भिड्दै

विश्वकप फुटबल अन्तर्गत आजबाट प्रि क्वाटरफाइनल चरणका खेल सुरु हुँदैछन् ।
आजबाट सुरु हुने नकआउट चरणबाट पराजित हुने टिम घर फर्कने छ ।  नेपाली समय अनुसार राती पौने १० बजे हुने पहिलो खेलमा घरेलु टोली ब्राजिल र चीलि भिड्ने छन् ।

ब्राजिल समूह ए बाट विजेता बन्दै प्रि क्वाटर फाइनलमा प्रबेश गर्दा चिली भने समूह बी बाट उप विजेताका रुपमा अन्तिम १६ मा प्रबेश गरेको थियो । समूह चरणमा ब्राजिलले २ मा जित र एक खेलमा बराबरी गरेको थियो ।

चिली ब्राजिलका लागि चीरपरिचत अनुहार हो । यी दुबै टिम ७० पटक भिडेका छन् । जसमा ब्राजिल ५० पटक विजयी भएको छ भने ७ पटक चीलि विजयी भएको छ । १३ खेल भने बराबरीमा सकिएको छ ।
सन् २००० यता चिलीले ब्राजिललाई हराउन सकेको छैन् ।

समूह चरणमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई पराजित गरेसँगै चिलीको मनोबल पनि मनोबल उच्च रहेको छ । यता ब्राजिलियन स्ट्रार खेलाडीहरु नेयमार, थियागो सिल्भा र लुइस गुस्टाभोली पछिल्लो खेलमा  पहेँलो कार्ड पाएकाले खुलेर खेल्ने अवस्था भने छैन् ।

राती पौने २ बजे उरुग्वे र कोलम्बिया भिड्ने छन् । दक्षिण अमेरिकी टोलीबीचको यो खेलमा दुबै टोलीका दुई जना महत्वपूर्ण खेलाडी हुने छैनन् । उरुग्वेका लुइस स्वारेजले इटलीका खेलाडीलाई टोेकेपछि खेलमा प्रतिबन्ध लगाइएको छ भने कोलम्बियाका राडामेल फाल्काओ चेटकाकारण खेल्न सक्ने छैनन् ।

अहिलेसम्म उरुग्वे र कोलम्बिया ४१ पटक भिड्ेका छन् । जसमा कोलम्बिया १३ तथा उरुग्वे ११ पटक विजयी भएका छन् । ८ खेल भने बराबरी भएका छन् ।

२० दिनमै तीन लाख कमाई

डोल्पा १४ असार । जेठ १२ गतेदेखि सुरु भएको यार्सा संकलनमा गएका त्रिपुराकोट–२ का रत्नबहादुर बिष्ट ले १५ दिनमै तीन लाख कमाई गरेका छन् । डोल्पा जिल्लास्थित त्रिपुराकोट गाविसमा पर्ने भाङका  लेखमा जेठ १७  गतेदेखि असार ३ गतेसम्मको १५ दिनको अवधिमै विष्टले यार्सा टिपेर तीन लाख कमाइ गरेका हुन् ।

गत बर्ष प्रति यार्सा एक हजार रुपैँया परेपनि यो बर्ष  यार्सागुम्बाको बजार मुल्य मा ह्रास आएकाले प्रति यार्सा पाँच सय रुपैँयाका दरले बेचेको रत्न बहादुर बिष्टले बताउनुभयो । यार्सा संकलन कार्य मान्छेहरुले सोचेजस्तो सजिलो नभई अत्यन्तै जोखिमपूर्ण भएको विष्टको भनाइ छ।

सुरुसुरुमा यार्सा नउम्रिएकाले एक दिनमा चारदेखि पाँच वटासम्म  पाइने गरेको यार्सागुम्बापछि एक दिनमा दशदेखि पन्ध्र वटासम्म पाइने गरेकाले आफुले यो अवधिमा छ सय यार्सा गुम्बा भेटाएको विष्टको भनाइ छ ।
गत बर्ष यार्सा संकलन बाटै १५ दिनमा २ लाख पचास हजार कमाएको उनले बताए ।

यसरी कमाएको पैसा घरखर्च चलाउन तथा भाइबहिनीहरुको पढाई र स्वास्थ्य उपचारमा  खर्च गर्ने गरेको विष्टको भनाइ छ ।
डोल्पालीहरुको मुख्य आय आर्जनको स्रोतका रुपमा यार्सागुम्बा रहँदै आएको छ । यो सिजनमा  यार्सा संकलन गर्न ज्यान जोखिममा राखेर डोल्पाली खटिरहेका छन् ।

केटीहरू एक दिनमा कति सँग सेक्स गर्न सक्छन् ?

विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।

विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् ।
यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।

थाहा पाई राखौ कुन समयमा सेक्स गर्दा गर्भ रहँदैन

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा


१.डिम्ब निष्कासन,
२.यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ ।

तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार

 १. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
 २. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
 ३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
 ४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
 ५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
 ६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

एउटा चुरोटको साटो सेक्स

ब्राजिलमा जारी विश्वकपसँगै वेश्यावृत्तिका घटना बढेका छन् । केवल एउटा चुरोटकै बट्टा लिएर यौन सम्पर्कका लागि राजी हुनेहरु समेत भेटिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम्सले सार्वजनिक गरेको छ ।
यतिबेला विश्व फुटबलको कुम्भमेला हेर्न झण्डै ६ लाख पर्यटक ब्राजिल पुगेका छन् । यही मौकालाई दलालहरुले भने बालिकालाई वेश्यावृत्तिमा लगाउने मौकाका रुपमा लिएका हुन् ।

१८ वर्षमाथिका किशोरीले ब्राजिलमा वेश्यावृत्तिमा संलग्न हुन पाउने कानुन छ । यद्यपि विश्वकपको मौका छोपेर उमेर नपुगेका बालिकाहरुलाई समेत यस्तो कार्यमा संलग्न गराइएको आरोप ब्राजिलका कानुनविदहरुले लगाएका छन् । यौनकार्यमा १० वर्षका बालिकाको समेत प्रयोग भएको स्थानीयले जनाएका छन् । रेकिफी वेश्यावृत्तिका लागि जारी विश्वकपमा प्रख्यात मानिएको सहर हो ।

यो सहरमा केबल २ डलरमै आफ्नो शरीर बेच्ने बालिकाहरु थुप्रै भेटिएका छन् । यसअघि सन् २००६ मा जर्मनी तथा सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप हुदाँ पनि थुपै्र बालिकाको शरीर बेचिएको थियो । टाइम्स म्यागेजिनलाई अन्तर्वार्ता दिँदै १४ वर्षीया अमान्डाले असुरक्षित यौन सम्पर्कपछि दुईपटक बच्चा फ्याँकेको बताएकी छन् । केवल एउटा चुरोटको बट्टामा उनी यौन सम्पर्क राख्न तयार भएकी थिइन् ।

ब्राजिल विपन्न वर्गका अमान्डाजस्ता झण्डै २ लाख ५० हजार बालिका यस्तो कार्यमा संलग्न रहेको अमेरिकी नियोगले जनाएको छ । धेरै बालिकाहरु आफ्नै अभिभावकको हातबाट बेचिएका छन् । मानव बेचविखनमा सक्रिय रहेको बताउाने २७ वर्षीय थिएगोले ५ हजार डलरदेखि १० हजारसम्म तिरेर बालिकाहरुलाई यौनकार्य गर्न परिवारसँग स्विकृति लिएको दाबी गरेका छन् । स्रोत # दैनिक नेपाल

सैनिक विमान आक्रमणमा १७ को मृत्यु

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्य गरी पाकिस्तानी सैनिक विमानले गरेको आक्रमणमा १७ आतङ्ककारीको मृत्यु अधिकारीहरुले शनिबार जनाएका छन्।

शुक्रबार अबेर राति उत्तर वजिरिस्तानको दर्गामन्दी र चस्मा गोन क्षेत्रमा सो आक्रमण गरिएको जनाइएको छ।अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने पाकिस्तानको उत्तरी वजिरिस्तानबाट पाकिस्तानी सैनिकले जारी राखेको भिषण आक्रमणका कारण करिब पाँच लाख व्यक्ति विस्थापित भएका छन् ।

दशौँ हजार घरपरिवार उत्तरी वजिरिस्तानबाट भागेर बन्नु सहरमा पुगेका बताइएको छ। बन्नु सहर उत्तरी वाजिरिस्तान नजिकै पर्दछ।मध्य जुनबाट सुरु भएको यस आतङ्ककारीविरुद्धको विमान आक्रमणका कारण उत्तरी वजिरिस्तानबाट भागेर पाकिस्तानको लक्की, मर्वाट कराक र देरा इस्मेल खानमा पनि सयौँ व्यक्ति पुगेका बताइएको छ।आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्य गरी सैनिक विमानबाट गरिएको बम आक्रमणमा १७ विद्रोहीको मृत्यु हुनुका साथै ती आतङ्ककारीको छवटा बासस्थान ध्वस्त भएको वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्।

पाकिस्तानमा मध्य जुनबाट सुरु गरिएको यस आक्रामक सैनिक विमान आक्रमणमा करिब ३७० आतङ्ककारी र १२ सुरक्षा अधिकारीको मृत्यु भएको बताएको छ।सन् २००९ देखि हालसम्म पाकिस्तानको आदिवासी इलाकाबाट १५ लाख व्यक्ति विस्थापित भएका पनि संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ। जसमा नौ लाख ३० हजार सो क्षेत्रमा जारी विभिन्न द्वन्द्वका कारण घरबार विहीन नै भएका पनि संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। रासस/एएफपी